तुला लग्नको स्वामी शुक्र भएका कारण व्यक्तिको व्यक्तित्वमा शुक्रको प्रभाव देखिन्छ। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो अनुहार, सुन्दर र विशाल आँखा, घुंघरु परेको कपाल, मध्यम कद र सामान्य शरीर हुन्छ। यिनीहरूको अनुहारमा एउटा विशेष आकर्षण हुन्छ, त्यसैले मानिसहरू यस लग्नमा जन्म लिने व्यक्तितर्फ आकर्षित हुन पुग्छन्। यिनीहरूको स्वभाव सौम्यतायुक्त हुन्छ किनभने यिनीहरूको स्वभावमा सबै कुरा सन्तुलित तुल्याई हिंड्ने बानी विद्यमान हुन्छ। यस्ता व्यक्ति जति सौम्य देखिन्छन् आवश्यकता पर्दा त्यत्ति नै कठोर पनि बन्न पुग्छन्। यस्ता मान्छे समान व्यवहार मन पराउने गर्दछन् र सबैलाई साथमा लिएर हिंड्ने प्रवृत्ति भएका कारण सबैसँग समान व्यवहार गर्दछन्।

यस्ता व्यक्तिलाई भोग विलासका वस्तु उपभोग गर्न र किनमेल गर्न ज्यादा मन पर्छ। नवीन प्रविधि यस लग्नमा जन्म लिने व्यक्तिले मन पराउने गर्दछन्। यस्ता व्यक्ति नवीनतम चिन्तन र परीक्षण गर्ने यक्रिएटिवद्ध हुने गर्दछन् र संगीत, गायन, नृत्य, अभिनय आदि विषय मन पराउँछन् र यस्ता व्यक्तिका गुण पनि यस लग्नमा जन्म लिने व्यक्तिमा विद्यमान रहन्छन्। यस्ता व्यक्ति आफ्नो साजसज्जा र पहिरनमा विशेष रूपले ध्यान दिन्छन्। यिनीहरू राम्रो लाउने र मीठो खाने कुरामा सौकिन हुने गर्दछन्। यिनीहरूलाई वायुतत्त्व सम्बन्धी कठिनाइ हुने गर्छ। तुला लग्नका साथै शुक्र बलवान् हुँदा यिनीहरूको कामवासना तीब्र हुन्छ, साथै यिनले आफ्नो कार्यक्षेत्रमा चित्रकारिता, संगीत, नृत्य आदि रचनात्मक कार्यमा रुचि देखाउँदन्। यस्ता व्यक्तिको साथीभाइको सूचीमा विपरीत लिंगीको संख्या बढी हुने गर्दछ।

यस्ता व्यक्ति आधुनिक वा परम्परागत जस्तो भए पनि हरेक वातावरणमामा छिट्टो समझौता गर्दछन्। प्रत्येक समयमा यिनीहरूको फरक रूप देख्न पाइन्छ। यस्ता मनिसहरूमा छिटो उत्तर दिने अद्भूत क्षमता हुन्छ। यिनीहरूमा राजसी रहनसहन, खानपान आदि गुण पाइन्छन्। यस्ता व्यक्ति राम्रो व्यापारी बन्ने गर्दछन्। यस्ता व्यक्ति एकै ठाउँमा अडिएर बस्न सक्दैनन्। यिनीहरूलाई प्रत्येक समयमा कुनैनकुनै कामको आवश्यकता हुने गर्दछ, नत्र यिनीहरूको समय आफ्नो रुचिलाई पूरा गर्न व्यतीत हुन्छ। यस्ता व्यक्ति आदर्शवादी हुने गर्दछन् र साहित्यप्रिय भएका कारण यिनीहरूको लेखन क्षमता पनि राम्रो हुने गर्दछ। यिनीहरूको वायु तत्त्व भएका कारण यस्ता मानिसहरूले प्रायशः योजना बनाउँदै गरेको भेटिन्छ तर त्यसमा कार्यान्वयन गर्न सक्दैनन्।

यस लग्नको मालिक शुक्र ग्रह भएका कारण यस्ता जातकले राजनीतिज्ञ, ज्ञानी, न्यायप्रिय, कहिलेकाँही घृणितकार्यमा समेत लिप्त हुने, गुप्तचर, धावक, चित्रकार, सुनार, महँगामहँगा वस्त्र र आभूषणको व्यापारी, गणितज्ञ, औषधी व्यवसायी वा डाक्टर भएर आफ्नो जीवनयापन गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *