मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। लग्न स्थानमा सूर्यको गोचरले आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक निर्णयहरूमा स्पष्टता आउनेछ। प्रशासनिक र व्यावसायिक क्षेत्रमा पनि राम्रो सफलता मिल्नेछ। द्वादश भावमा मंगलको गोचरले गर्दा खर्चमा वृद्धि र अनावश्यक कार्यहरुमा धन व्यय हुनेछ। आर्थिक निर्णयहरूमा भ्रमको स्थिति र कार्यहरू समयमा सम्पादन नहुने र सम्पादन भएको कार्यमा त्रुटिहरु देखा पर्नेछ। ७ गतेदेखि शुक्रको द्वितीय भावमा गोचरले गर्दा पारिवारिक र वैवाहिक विषयवस्तुलाई लिएर समय राम्रो रहेको छ। परिवारबाट सोचेजस्तो सहयोग मिल्नेछ। सूर्यको प्रभावले व्यक्तित्वमा आकर्षण बढ्नेछ। पढाइको दृष्टिले यो महिना प्रगतिशील रहनेछ। लक्ष्य प्राप्तिमा मित्रहरूको सहयोग मिल्नेछ। विद्यार्थीहरूको पढाइमा एकाग्रता र लगनशीलतामा वृद्धी हुनेछ। प्रेम सम्बन्धमा आपसी समझदारी राम्रो रहनेछ। करियरमा सकारात्मक संकेत देखिनेछ। व्यापार व्यवसायलाई लिएर समय अनुकूल रहेको छ। जीवनको विभिन्न क्षेत्रमा सुधार गर्ने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। कामको चाप बढ्नाले मानसिक तनाव र आँखा सम्बन्धी समस्या रहन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको द्वादश भावमा गोचरले गर्दा आकस्मिक खर्चमा वृद्धि हुनेछ। गोप्य कुराहरू बाहिरिनाले समस्या निम्तिएला। धन सञ्चयमा कठिनाइ हुनेछ। सरकारी कामकाजमा खर्च बढ्नेछ। विदेशी संस्थागत काममा सफलता प्राप्त होला। ७ गतेदेखि शुक्रको प्रथम भावमा गोचरले गर्दा आर्थिक स्थितिमा सुधार हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आयआर्जनका नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक र वैवाहिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ। शुक्रको सकारात्मक प्रभावले जीवनसाथीसँग मधुर सम्बन्ध स्थापित हुनेछ। व्यवहारमा आकर्षण र मधुरता बढ्नेछ। विद्यार्थीहरूको पढाइमा एकाग्रताको कमी रहनेछ। कार्यक्षेत्रमा सञ्चार सम्बन्धी समस्या देखापर्ला। स्वास्थ्यलाई लिएर रक्तचाप र टाउको दुख्ने सम्बन्धी समस्या देखापर्ला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। एकादश भावमा सूर्यको गोचरले गर्दावआर्थिक पक्ष मजबुत रहनेछ। आयआर्जनका नयाँ बाटोहरू खुल्नेछन्। इच्छा वा आकांक्षाको पूर्ति हुनेछ भने आर्थिक स्थितिमा सुधार आउनेछ। पद प्रतिष्ठा वा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा उपलब्धि र लाभ प्राप्त गर्न सकिनेछ। जागिर गर्ने व्यक्तिहरूको लागि अधिकारी र अधिनस्थ वर्गहरू सहयोगी सिद्ध हुनेछन्। ७ गतेदेखि द्वादश भावमा शुक्रको गोचरले खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा भावनात्मक कमजोरी र प्रेम सम्बन्धमा गलतफहमीको सम्भावना रहेको छ। विद्यार्थीहरूको लागि यो महिना उत्तम सिद्ध हुनेछ। शुक्रको प्रभावले गर्दा सामाजिक संजाल र सौन्दर्यगत सामान बाट राम्रो आयआर्जन गर्न सकिनेछ। सरकारी जागिर आदिमा पदोन्नतिको योग छ। मंगल र शनिको दशमभावमा गोचरले गर्दा व्यावसायिक काममा सङ्घर्ष गर्नुपर्छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा राम्रो प्रगति हुनेछ। उच्च शिक्षामा रुचि बढ्नेछ। स्वास्थ्यको दृष्टिकोणले हेर्दा महिना सामान्य रहेको छ। कार्यक्षेत्रमा कामको दबावले अनिन्द्रा र थकानको समस्या उत्पन्न हुनेछ त्यसर्थ नियमित विश्राम र सन्तुलित आहारमा ध्यान दिनुहोस्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। दशम भावमा सूर्यको गोचरले गर्दा करियरको माध्यमबाट आय र पदप्रतिष्ठामा वृद्धिको साथै आर्थिक क्षेत्रमा सुधारको संकेत देखिनेछ। राजनीतिक व्यवस्थापन र नेतृत्व गर्ने जस्ता विषयहरूमा राम्रो प्रभाव छोड्न सकिनेछ। समाजमा प्रतिष्ठा कमाउने समय रहेको छ। बुबासँगको सम्बन्धमा सुधार आउनेछ। ७ गतेदेखि शुक्रको एकादश भावमा गोचरले गर्दा शेयर बजार र नेटवर्क मार्केटिंको क्षेत्रमा सफलता मिल्नेछ विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू बाहिरिनाले समस्या निम्तिएला। करियरको दृष्टिकोणले यो समयमा सकारात्मक सुरुवात गर्न सक्नुहुनेछ। नयाँ नोकरी आदिको प्रस्ताव आउनेछ। विद्यार्थीहरूको लागि यो महिना उत्तम रहनेछ शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग मिल्नेछ। परीक्षाको परिणाम अनुकूल रहनेछ। स्वास्थ्यमा सानोतिनो मौसमी बिमारी रुगाखोकी, टन्सिल आदिको समस्या देखा पर्ला। सूर्य उच्च हुनाले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। मसालेदार भोजन र मादक पदार्थको सेवनबाट टाढा रहनुहोस्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिह राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्यको नवमभावमा गोचरले भाग्यको साथ पाइनेछ। जीवनमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रशासनिक क्षेत्रतिर रोकिएको काम पुनः प्रारम्भ हुनेछ। नैतिक वा आदर्शवादी स्वभावले सबैको पुजनीय भइनेछ। सामाजिक सेवा वा परोपकारको भावना जागृत हुनेछ। वैदेशिक यात्रा को योग बलियो बनिरहेको छ। ७ गतेबाट शुक्रको दशमभावमा गोचरले गर्दा चलचित्रको क्षेत्रमा विशेष सफलता मिल्नेछ। साहसिक र नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। वैवाहिक जीवनमा जीवनसाथीसँग राम्रो सम्बन्ध स्थापित हुनेछ। शनि, मंगल र बुधको अष्टम भावमा गोचरले गर्दा करियरमा अनिश्चितता र आकस्मिक परिवर्तन देखा पर्ला। आध्यात्मिक र धार्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा मानसिक तनाव र प्रतिस्पर्धाको चलखेल बढ्नेछ। सन्तानसँगको विवाद र पारिवारिक तनावको स्थितिमा सुधार हुनेछ। चुनौतिपूर्ण र विवादास्पद समस्याहरू व्यहोर्नु पर्ला। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। सवारी साधन चलाउँदा होसियार रहनुहोस्। सङ्क्रमण र भाइरल आदिबाट जोगिनुहोस्।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। अष्टम भावमा सूर्यको गोचरले गर्दा आकस्मिक जोखिम पूर्ण वा नयाँ लगानी लगाउन बाट जोगिनुहोस्। पुरानो ऋण तिर्ने अवस्था आउन सक्छ। अनुसन्धानको विषयमा सफलता मिल्नेछ। नियमित पूजा पाठ र सकारात्मक सोचले नकारात्मक प्रभाव कम गर्न सहयोग पुर्याउनेछ। ७ गतेदेखी शुक्रको नवमभावमा गोचरले गर्दा परिस्थिति अनुकूल बन्नेछ। भाग्यको सहयोग मिल्नेछ र आर्थिक स्थितिमा सुधार आउनेछ। कलात्मक र रचनात्मक क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। पारिवारिक र वैवाहिक सम्बन्धमा वादविवादले आक्रोशको भावना उत्पन्न हुनेछ। सप्तम स्थानमा शनि मॅगल र बुधको गोचरले गर्दा साझेदारी व्यापारमा साझेदारसँग असमझदारी बढ्नेछ। विद्यार्थीहरूलाई पढाइमा अस्थिरता र निर्णयहरूमा भ्रमको स्थिति उत्पन्न होला। प्रेम सम्बन्धमा सुधारका सकारात्मक संकेत देखिनेछन्। छिमेकी र आफन्तहरूसँग कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पुरानो कामलाई नै निरन्तरता दिनुहोस। पारिवारिक सम्बन्धलाई सबल बनाउन धैर्यता र संयमता अपनाउनुहोस्। काममा ढिला सुस्ती गर्नबाट जोगिनुहोस्। स्वास्थ्यको दृष्टिकोणले मानसिक तनाव र मौसमी बिमारीबाट जोगिनुहोस्।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सकारात्मक रहनेछ। सप्तम स्थानमा सूर्यको गोचरले गर्दा व्यापारबाट आयका् नयाँ अवसरहरू प्राप्त हुनेछन्। दाम्पत्य जीवनमा जीवन साथीसँग मधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्नको लागि आफ्नो विचार राख्न सक्नुहुनेछ। ७ गतेबाट शुक्रको अष्टम भावमा गोचरले गर्दा आर्थिक मुद्दा मामलाहरु बेहोर्नुपर्ला। सन्देहास्पद विषयवस्तुमा चासो बढ्नेछ। यात्रा गर्दा र सवारी साधन चलाउँदा सतर्क रहनु उपयुक्त हुन्छ। पुरानो समस्याको समाधान हुनेछ भने अध्यात्मतर्फ रुचि बढ्नेछ। मंगल, शनि र बुधको षष्ठ स्थानमा गोचरले गर्दा कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद बढ्नेछ। बोलीमा संयमता र स्पष्ट कुरा राख्ने प्रयास गर्नुहोस्। पारिवारिक र वैवाहिक सम्बन्धलाई सन्तुलित राख्ने प्रयास गर्नुहोस्। जीवनसाथीको भावनात्मक कुरालाई पनि बुझ्ने प्रयास गर्नुहोस्। स्वास्थ्यको दृष्टिकोणले शारीरिक थकान र टाउको दुख्ने सम्बन्धी समस्याले सताउन सक्छ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। षष्ठ भावमा सूर्यको गोचरले गर्दा रोग र शत्रु सम्बन्धी समस्याको समाधान हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। रोजगारी र कार्यक्षेत्रमा मेहनतीहरूको लागि समय अनुकूल रहनेछ। आँटेका अधुरा कामहरू पूरा गर्न सकिनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा पाइनेछ। सहकर्मीहरूले सहयोग दिने र कार्यक्षेत्रमा आफ्नो प्रभाव बढाउन सकिने छ। प्रेम र दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ। सम्बन्धमा एक अर्का प्रति आकर्षण बढ्नेछ। सृजनात्मक र रचनात्मक क्षेत्रतिर मान प्रतिष्ठा बढ्ने वा आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। भावनात्मक सम्बन्ध कमजोर हुने र घरपरिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। होटल म्यानेजमेन्ट र चिकित्स्या आदिमा अध्ययनरत विद्यार्थीहरूको लागि समय अनुकूल रहेको छ। स्वास्थ्यको दृष्टिकोणले पाचनसम्बन्धी र नशा च्यापिने सम्बन्धी समस्या देखा पर्ला।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। पञ्चमामा सूर्यको गोचरले गर्दा सन्तान र प्रेम सम्बन्ध तथा सिर्जनात्मक क्षमतामा विशेष वृद्धि हुनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा वृद्धि हुनेछ। सन्तानको प्रगति र आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। शुक्रको षष्ठ भावमा गोचरले गर्दा खर्चमा वृद्धि र नोकरी वा पेशामा दायित्व बढ्नेछ। वैवाहिक जीवनमा सानोतिनो तनाव र व्यावहारिक पक्ष कमजोर देखिनेछ। कार्यसम्पादन गर्नमा समय लाग्नेछ। वित्तीय वा सहकारी संस्थाबाट भनेजस्तो लाभ प्राप्त गर्न नसकिएला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घरमा शुभ माङ्गलिक कार्यको चर्चा चल्नेछ। संगीत र अभिनयको क्षेत्रमा विशेष लाभ मिल्नेछ। विद्यार्थीहरूको एकाग्रतामा कमी देखिनेछ। करियरमा नयाँ अवसरहरू मिल्नेछन्। पारिवारिक वा घरायसी जिम्मेवारी बढ्नाले मन अशान्त रहनेछ। सहनशील र जिम्मेवार स्वभावले सबैको मन जित्न सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले छाती दुख्ने समस्या र मानसिक चिन्ताले अनिन्द्राको समस्या रहन सक्छ सचेत रहनुहोस्।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ भावमा सूर्यको गोचरले गर्दा घर परिवार र मातासँगको सम्बन्धमा मानसिक तनाव रहन सक्छ। पारिवारिक विषयवस्तुमा सानो कुरालाई लिएर विवाद वा मतभेद हुने सम्भावना रहेको छ। पारिवार भित्र अशान्त वातावरण सृजन हुन सक्छ। आर्थिक दृष्टिले घर जग्गा र साधन आदिमा खर्च हुन सक्छ। नयाँ सामान खरिद गर्ने सम्भावना रहेको छ। कृषि र पशुपालनबाट विशेष लाभ आर्जन गर्न सकिएला। ७ गतेबाट पञ्चम भावमा शुक्रको प्रभावले आर्थिक पक्षमा सुधार वा नयाँ निवेश आदिको लाभ मिल्नेछ। वैवाहिक सम्बन्धमा सुधार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रेमिसँग समझदारी र मधुरता बढ्नेछ। तृतीय भावमा मङ्गल, शनि र बुधको गोचरले भाइबहिनीहरू मध्य कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। विद्यार्थीहरूको पढाइमा अस्थिरता र प्रयासमा कमी रहनेछ। कार्यक्षेत्रमा सक्रिय प्रयासले नयाँ योजनाहरूमा काम गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। रक्तचाप सम्बन्धी समस्या र मानसिक चिन्ताले सताउनेछ। मनमा कुनै कुरालाई लिएर चिन्ता रहनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। तृतीय स्थानमा सूर्यको गोचरले गर्दा साहस र पराक्रममा वृद्धि हुनेछ। दृढ संकल्पवान रहेर लक्ष्यहरू पूरा गर्न सकिनेछ। कठिन परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। दाजुभाइ दिदीबहिनी र साथीहरूसँग सम्बन्ध राम्रो हुनेछ। घरपरिवारमा सम्मान बढ्नेछ। सुरक्षा र नेतृत्वसम्बन्धी कामतर्फ आकर्षण देखिनेछ। धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। संचार, लेखन र पत्रकारिता क्षेत्रबाट विशेष लाभार्जन गर्न सकिनेछ। आफ्नो विचारले अरुलाई प्रभावित पार्न सकिनेछ। आर्थिक परिबन्धमा समस्या वा हिसाब किताबमा त्रुटि र अनावश्यक खर्चमा वृद्धि हुने सम्भावना रहेको छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा स्मरणशक्तिमा कमीको अनुभूति हुनेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउनको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। संगित कला र साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा भाग्यको साथ पाइनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना मिश्रित रहनेछ। खुट्टा दुख्ने र आँखा सम्बन्धी समस्या देखा पर्ला। साना बच्चाबच्चीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। नियमित व्यायाम र खानपानमा सतर्कता अपनाउनुहोस्।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। द्वितीय भावमा सूर्यको गोचरले गर्दा प्रभावशाली वा स्पष्ट वक्तव्य रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग आफ्नो कुरा प्रभावशाली ढंगले राख्न सकिनेछ। वकालत जस्तो क्षेत्रमा कार्यरत हुनुहुन्छ भने समय प्रभावशाली र अनुकूल रहनेछ। आयका नयाँ बाटोहरू खुल्नेछन्। राजनीतिक सम्बन्धी काममा सफलता मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा बोलिको प्रभावले आफ्नो कार्य सिद्ध गर्न सकिनेछ। अरुसँग मतभेद हुनाले मनमा विद्रोहको भाव उत्पन्न हुन सक्छ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्ने वा तारिफ योग्य कामले यश प्राप्ति हुनेछ। १८ गतेबाट बुधको द्वितीय भावमा गोचरले गर्दा उद्योग व्यापारमा मनज्ञ फाइदा हुनेछ। नयाँ जिम्मेवारीले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सन्तानको माध्यमबाट सुखद समाचार मिल्नेछ। स्वरोजगारको बाटो खुल्नेछ। लग्नमा मंगल, शनि र बुधको गोचरले आलस्य र अत्तालिने बानीले गर्दा हाथ आएको अवसर गुमाउनु पर्ला। अधिनस्थहरूसँग राम्रो सम्बन्ध स्थापित गर्ने प्रयास गर्नुहोस्। स्वास्थ्यको दृष्टिकोणले आँखा, दाँत र घाँटी सम्बन्धी