मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूका लागि यो महिना सामान्य रहेको छ। मनमा अज्ञात भय र चिन्ताले सताउनेछ। नयाँ नोकरीको लागि संघर्ष गर्नुपर्ला। घरपरिवारमा वैवाहिक सम्बन्धले सानातिना संघर्ष लिएर आउनेछ। विद्रोही व्यवहारले निकटतम सम्बन्धीहरू टाढा हुनेछन्। आवश्यक परेमा इष्टमित्रहरूबाट साथ मिल्नेछ। बुद्धिको उपयोगले कार्य बन्नेछ। व्यापारमा लाभ रहनेछ। कार्यक्षेत्रमा मानहानिका योग छन सावधान रहनुहोस्। स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ। रक्तचाप आदिको समस्याबाट जुध्नु पर्ला। साझेदारहरूसँग सहकार्य विखण्डित हुने सम्भावना रहेको छ। पारिवारिक समस्या सुल्झाउन समय दिनुपर्ने रहेको छ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। यस् महिनाको एउटा सोमबार भगवान शिवलाई दुवोको रसले अभिषेक गर्नुहोला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूका लागि यो महिना राम्रो रहनेछ। धेर्य र पराक्रमले आँटेका कार्य सम्पादन गर्नमा सफल भइनेछ। धनार्जनका नयाँ अवसर फेला पर्नेछन्। व्यापारमा नयाँ योजनाहरूमा सकारात्मक परिणाम मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। घरपरिवारमा आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। विद्यार्थी वर्गहरूको पढाइमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। अभिनय आदिमा पनि सकारात्मक परिणाम मिल्नेछ। व्यापार व्यवसाय र नोकरी वा पेशामा आफ्नो लगनशीलता र अथक परिश्रमले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। स्वास्थ्य पक्ष सबल देखिएको छ। अवसरवादीहरूबाट सावधान रहनुहोला। भगवान शिवलाई मधुको रसले अभिषेक गराउनुहोस्।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूका लागि यो समय सामान्य रहनेछ। बोलीमा आत्मविश्वास झल्किनेछ। नयाँ लगानी लगाउदा विशेष ध्यान दिनुपर्ने हुन्छ। अनावश्यक विषयमा वादविवादलाई लिएर सावधान रहनुहोला। दाम्पत्य जीवनमा सानातिना कुरालाई लिएर मनमुटावको सम्भावना देखिएको छ। गोप्य कुराहरू बाहिरिनाले समस्या आउन सक्छ सावधान रहनुहोला। आम्दानीका नयाँ स्रोत बन्नेछन्। सन्तानको बौद्धिक क्षेत्रमा विकास हुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धी वा चुनौतीहरूको सामना गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ कमाउने उद्देस्यले नयाँ योजनाहरू कोरिने छन्। स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ। आँखा दुख्ने वा श्वासप्रश्वासको समस्या देखा पर्ला सावधान रहनुहोस्। म्यानेजमेन्ट, सर्जन वा राजनीतिक क्षेत्रको पढाइमा विशेष सफलता मिल्नेछ। प्रेम सम्बन्धमा पहिला भन्दा बढी समझदारी देखिनेछ। सदैव भगवान गणेशको ध्यान गरेर दिनको प्रारम्भ गर्नुहोस्।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूका लागि यो समय राम्रो देखिएको छ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। परिवारसँग मेलमिलाप बढ्नेछ। विलासी वस्तुमा धन खर्च हुने वा लगानी लाग्नेछ। स्वभावमा अहंकार वा एक्लोपन झल्किनेछ जसले गर्दा दाम्पत्य जीवनमा समस्या देला। व्यापार व्यवसाय र नोकरी वा पेशामा स्पष्ट कुरा राख्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। पठनपाठनको दृष्टिले यो समय उत्तम रहेको छ। नयाँ कुरा सिक्नको लागि गुरुजनहरूबाट सहयोग पाइएला। स्वास्थ्यको दृष्टिले यो महिना सामान्य रहेको छ। शारीरिक ऊर्जामा कमी देखिएको छ। रक्तचाप वा मानसिक रुपमा थकानको अनुभूति हुनेछ। भगवान शिवको ध्यान गरेर दिनको प्रारम्भ गरौं।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। आयस्रोतमा सुधार वा व्यापार व्यवसायमा सहजता आउनेछ। आकस्मिक संकटहरूको सामना गर्ने स्थिति आउन सक्छ योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्ला। ठुलो जोखिम लिनबाट जोगिने प्रयास गर्नुहोस्। पारिवारिक जीवनमा तनाव र असमझदारी आउनेछ। धैर्य र सकारात्मक सोचले अगाडि बढ्नुपर्ने हुन्छ। शैक्षिक क्षेत्र र करियरको लागि समय अनुकूल रहेको छ। विशेष गरी वैदेशिक रोजगार वा विदेशतिर ताक्नेहरूको लागि परिस्थिति अनुकूल बन्नेछ। स्वभावमा केही चिडचिडापन वा जिद्दीपन देखिनेछ जस्ले पारिवारिक सम्बन्धमा असर पुर्‍याउला। स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ। पेट सम्बन्धी समस्या अनिन्द्रा,मानसिक थकानको समस्या देखिएको छ। योग प्राणायामले सकारात्मक ऊर्जा सिर्जना गर्न सक्नुहुनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस्।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सरकारी र प्रशासनिक क्षेत्रबाट लाभ लिन सकिनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। वैवाहिक जीवनमा असमझदारी बढ्नेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नाले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। सृजनात्मक बुद्धिको विकास हुनेछ। व्यवहारमा विनम्रता वा मिठो वाणीले सबैको मन जित्न सक्नुहुनेछ। स्वास्थ्यको दृष्टिले यो महिना राम्रो देखिएको छ। पुराना समस्याहरूबाट मुक्ति मिल्नेछ। रक्त सञ्चार र गुप्त रोग सम्बन्धी समस्या देखिन सक्छ। आत्मबल वा नेतृत्व क्षमतामा वृद्धि हुनेछ। गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। यो महिना हजुर आत्मविश्वासले परिपूर्ण रहनुहुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। सरकारी नोकरीमा स्थानान्तरणका योग छन्। प्रभावशाली व्यक्तित्वहरूसंग सम्पर्क बढ्नेछ। ऋण वा कर सम्बन्धी विषयमा सतर्कता अपनाउनुहोला। यो महिना हजुर आत्मविश्वासले परिपूर्ण रहनुहुनेछ। आयक्षेत्र सबल रहनेछ। वैवाहिक जीवनमा मिठास र सहयोगको भावना सृजना हुनेछ। नियमित अभ्यासले कार्यमा दक्षता प्राप्त हुनेछ। पठनपाठन वा अध्ययनमा राम्रो समय रहनेछ। परीक्षाहरूमा सफलता मिल्ला। व्यापार व्यवसाय वा साझेदारी व्यापारमा नयाँ योजना बनाएर अगाडि बढ्ने समय रहेको छ। विपरीत परिस्थितिलाई पनि हजुरले सजिलो बनाउन सक्नुहुनेछ। स्वास्थ्यले पनि राम्रो साथ दिनेछ। अत्यधिक आत्मविश्वास नै असफलताको कारण बन्न सक्छ, त्यसैले सावधान भएर निर्णय लिनुहोला। सदैव देवीको आराधना गरेर दिनको प्रारम्भ गर्नुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिहरूको लागि यो महिना राम्रो रहनेछ । सोचेका र आँटेका सबै कार्य सम्पादन हुनेछन्। उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। नोकरी वा पेशामा नयाँ प्रोजेक्ट आदिमा कार्य गर्ने अवसर मिल्नेछ। करियरमा नयाँ अवसर मिल्नेछ। दाम्पत्य जीवनमा मतभेद रहनेछ। पारिवारिक विषयवस्तुमा कुनै निर्णय लिनुभन्दा अघि निर्णयात्मक बुद्धिको प्रयोग गर्नुहोस्। मनमा अज्ञात भय रहनेछ। व्यापार व्यवसायमा तत्काल लाभ नभएतापनि पछिको लागि अवसर बनाउन सक्नुहुनेछ। नोकरी वा राजनीतिमा नयाँ अवसर खोज्ने समय रहेको छ। सामाजिक कार्यले लोकप्रियता दिलाउनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिहरूका लागि यो महिना सामान्य रहनेछ। आकस्मिक धन खर्चका योग छन्। लगानी वा उद्योग व्यापारमा जोखिम देखि बच्नुहोला। व्यावहारिक आवश्यकतामा खर्च बढ्नेछ। खर्च र आम्दानीमा सन्तुलन बनाएर राख्नुहोला। प्रेम प्रस्ताव राख्न वा सम्बन्धलाई सुधार गर्नको लागि उपयुक्त समय रहेको छ। स्वास्थमा सन्तुलन वा शरीरलाई आराम आवश्यक रहेको छ। रोकिएको कार्यलाई दोहोराएर गर्नुपर्ला। रोग र शत्रुहरू सक्रिय रहनेछन्। सावधानीले जीवनका उपलब्धि जोगाउन सफल भइनेछ। आलस्यबाट जोगिनुहोस्। सदैव गायत्री मन्त्र जप गरेर दिनको प्रारम्भ गर्नुहोस्।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिहरूको लागि दिन राम्रो रहेको छ। साझेदारी व्यापारमा राम्रो लाभ रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सेवामूलक कामले आफूलाई प्रतिष्ठित बनाउन सक्नुहुनेछ। महत्त्वपूर्ण योजनाहरू पूरा हुनेछन्। प्रेम सम्बन्धमा नयाँ ऊर्जा वा आकर्षण बढ्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूले सहयोगको भावना राख्नेछन्। विद्यार्थीहरूको लागि पनि शिक्षाको क्षेत्र सफल रहनेछ। गुप्त रहस्य खोज वा अनुसन्धानको विषयवस्तुहरूमा सफलता मिल्नेछ। शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यको दृष्टिले समय उत्तम रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। सदैव कालभैरवको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिहरूको लागि यो महिना राम्रो रहेको छ। युवाहरूलाई करियरलाई अगाडि बढाउन र नयाँ बाटोहरू खुल्नेछन्। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। कार्यक्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला। स्थान्तरणको बलियो समय देखिएको छ। अध्ययनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यमा मौसमी बिमारीहरूबाट जोगिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा रोकिएका कार्यहरू बन्नेछन्। जोखिमपूर्ण कार्य सम्पादन हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। वैदेशिक भ्रमणको लागि यो महिना त्यति अनुकूल नहोला। प्रतिस्पर्धामा प्रतिद्वन्दीबाट कडा टक्कर मिल्नेछ। सदैव भगवान शिवलाई जल चढाएर दिनको प्रारम्भ गर्नुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मिन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। भावात्मक सम्बन्ध सबल रहनेछ। आफ्नो सोचलाई नयाँ दिशा दिन सक्नुहुनेछ। घरपरिवारमा मेलमिलाप वा सौहार्दता बढ्नेछ। परिजनहरूबाट पनि सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा तनाव वा दूरी आउन सक्ला। प्रेम प्रस्तावको लागि समय अनुकूल नहोला। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई नयाँ अवसर र प्रेरणा प्राप्त हुनेछ। दाम्पत्य जीवनमा विचारमा मतभेद हुन सक्छ। कला र संगीतको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। सन्तानको प्रगति र उन्नतिलाई लिएर मन चिन्तित रहनेछ। सदैव हनुमान चालिसाको
Icons made by Roundicons from www.flaticon.com