बुध ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

बुध बार, मिथुन र कन्या राशि, अश्लेषा, ज्येष्ठा र रेवती नक्षत्रको स्वामी बुध हो । यस ग्रहलाई द्विस्वभाव (नपुंसक) ग्रहका रूपमा लिइन्छ र यस ग्रहले नैसर्गिक रूपमा शुभफल नै प्रदान गर्दछ भन्ने भनाइ छ । यस ग्रहको महादशामा समुचित आहारविहारको प्राप्ति हुन्छ । यस अवधिमा भ्रमण, पर्यटन, सवारीसाधन, सन्तान, धन, प्रतिष्ठा, वस्त्राभूषण, घरघडेरी, सहज दाम्पत्यसुख, […]
मङ्गल ग्रह शान्तिका वैदिक तथा तान्त्रिक उपायहरु

मङ्गल बार, मेष र बृश्चिक राशि, मृगशिरा, चित्रा र धनिष्ठा नक्षत्रको स्वामी मङ्गल हो । यस ग्रहलाई क्रूर ग्रहका रूपमा लिइन्छ, त्यसैले मङ्गल ग्रहको महादशामा व्यक्तिले नैसर्गिक रूपमा सामान्यतया अशुभ फलहरु प्राप्त गर्ने गर्दछ, आगो र विषालु चिजबिजसित एवं हातहतियार, प्रतिद्वन्द्वी, राज्यपक्ष र अड्डाअदालतबाट मनुष्यले डर मान्ने समय हो, यो । घरपरिवारमा रोगले प्रवेश गर्दछ, […]
मीन लग्नमा उत्पन्न जातकको फल

मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान […]
कुम्भ लग्नमा उत्पन्न जातकको फल

कुम्भ लग्नको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। यस्ता व्यक्ति अग्ला, पातला, सुन्दर र आकर्षित हुन्छन्। कम्मर थोरै झुकेको वा अलिकति निहुरिएर हिंड्नु यिनीहरूको बानी हुन्छ। यिनीहरूको आँखा गहिरो हुने गर्दछ र तल हेरेर हिंड्छन्। यस्ता व्यक्ति सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन्। आफ्नो कामा कसैको हस्तक्षेप सहन सक्दैनन्। यस्ता व्यक्ति परोपकारी र उँदार हुने गर्दछन्। […]
मकर लग्नमा उत्पन्न जातकको फल

यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ। यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं […]
धनु लग्नमा उत्पन्न जातकको फल

(धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् धनु लग्न भएका मानिसहरू) यस लग्नका जातक सिद्ध स्वभावयुक्त, पित्तप्रकृति र अधिकार प्रिय हुन्छन्, ज्ञानसम्बन्धी विषय र धार्मिक क्रियाकलाप यिनीहरूको रुचिको क्षेत्र हो। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा देवगुरु बृहस्पतिको प्रभाव देख्न पाइन्छ, त्यसैले यस्ता मानिसहरू आस्तिक हुन्छन् र दर्शनशास्त्रमा रूचि राख्दछन्। यिनीहरूको छाती पुष्ट र ठूलो […]
वृश्चिक लग्नमा उत्पन्न जातकको फल

वृश्चिक लग्नमा जन्मने जातक अत्यन्त साहसी, उत्साही, पराक्रमी व उद्यमी हुने गर्दछन्। यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा मंगलको प्रभाव देख्न पाइन्छ। यस्ता व्यक्ति अग्ला र पातला हुने गर्दछन्। स्वभावमा उग्रता भएका कारण नेतृत्व शक्ति राम्रो हुन्छ तर स्थिर स्वभाव भएका कारण जीवनमा स्थिरता हुने गर्छ। हरेक कामलाई अडिएर गर्दछन्। जल तत्त्व भएका कारण पानी […]
तुला लग्नमा उत्पन्न जातकको फल

तुला लग्नको स्वामी शुक्र भएका कारण व्यक्तिको व्यक्तित्वमा शुक्रको प्रभाव देखिन्छ। यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो अनुहार, सुन्दर र विशाल आँखा, घुंघरु परेको कपाल, मध्यम कद र सामान्य शरीर हुन्छ। यिनीहरूको अनुहारमा एउटा विशेष आकर्षण हुन्छ, त्यसैले मानिसहरू यस लग्नमा जन्म लिने व्यक्तितर्फ आकर्षित हुन पुग्छन्। यिनीहरूको स्वभाव सौम्यतायुक्त हुन्छ किनभने यिनीहरूको स्वभावमा सबै […]
कन्या लग्नमा उत्पन्न जातकको फल

यस लग्नको स्वामी बुध ग्रह हो। कन्या लग्नमा उत्पन्न जातक मध्यम कदका हुने गर्दछन्। लग्नमा बुधको प्रभाव हुनाले यिनीहरू अत्यन्त बुद्धिमान हुने गर्दछन्। यिनीहरूको व्यक्तित्वले प्रत्येक व्यक्तिलाई आफूतर्फ आकर्षित तुल्याउँदछ।यिनीहरूको मस्तिष्क अत्यन्त रचनात्मक हुन्छ। सधं नवीनतम विचारलाई मनन गर्नु र त्यस्तै काम गर्नु यिनीहरूको स्वभाव हो। पृथ्वी तत्त्व हुनाले जसरी पृथ्वी सबैलाई धारण गर्दछ त्यसरी […]
सिंह लग्नमा उत्पन्न जातकको फल

गरमस्वभाव, अग्नितत्त्व, भ्रमणप्रिय र निर्जल लग्न हो, सिंह लग्न। सिंह लग्नका जातक अत्यन्त तेजस्वी र आत्मविश्वासी हुने गर्दछन्। अग्नि झैं नै ऊर्जावान हुने गर्दछन्, कुनै पनि कार्यलाई गर्न पछि पर्दैनन्। जुन काम प्रारम्भ गर्दछन् त्यसलाई पूरा गरी छाडछन्। नीति बनाउन र त्यसलाई अमल गर्न यिनीहरू मन पराउँछन्। अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको […]

