यस लग्नमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा शनिको प्रभाव देखिन्छ। शनिको सम्पूर्ण गुणदोष यस लग्नमा विद्यमान हुन्छ। यिनीहरूको आँखा गहिरो र सुन्दर हुन्छ। यिनीहरूको कद अग्लो तर शरीर पातलो हुने गर्दछ। मिहिनेती हुने गर्दछन्, त्यसैले नरोक्किइकन निरन्तर काम गरी रहन्छन्, त्यसैले यिनीहरूले गरेका काममा गल्तीको सम्भावना कम हुने गर्छ। यस्ता मानिसहरू जति मिहिनेती हुने गर्दछन्, कहिलेकाहीं त्यति नै अल्छी पनि हुनपुग्छन्।
यस्ता व्यक्ति दृढ़ निश्चयी र संयमी हुने गर्दछन्। जीवनमा आइपर्ने बाधासित डराउँदैनन्, बरु तिनलाई डटेर सामना गर्दछन्। यस्ता मानिसहरूले बदला लिनु पर्यो भने पछि पर्दैनन्। यिनीहरू हँसिला हुन्छन् र अर्काको सक्दो मद्दत गर्दछन्। खर्च गर्न हिचकिचाउँदैनन्, तर जीवनयापनमा सरलताका निम्ति यिनीहरूले बचत गर्ने बानी बसाल्नुपर्छ। यस्ता मानिसहरूमा थोरै समयमा जस्तोसुकै परिस्थितिमा पनि आफूलाई परिवर्तित तुल्याउन सक्ने गुण हुन्छन्। यिनीहरू जीवनमा प्रशस्त इच्छा गर्दछन् र यिनीहरूका तीमध्ये अधिकांश इच्छा पूर्ण पनि हुन्छन्। यी निहुरिएर र आँखा झुकाएर हिंड्ने गर्दछन्।
यस लग्नमा जन्म लिने व्यक्तिको ठूलो टाउको र लामो नाक हुन्छ। आफूसामुको मानिस जति बुज्जगी हुन्छ, यस लग्नमा जन्म लिने व्यक्ति त्यति नै समझदार हुन खोज्छन्। यस्ता व्यक्ति नराम्रा विचार सहन गर्न सक्दैनन्। हरेक विषयमा यिनीहरूको रूचि हुन्छ र हरेक क्षेत्रमा सफलता पाउन खोज्छन् अनि मिहिनेत र लगनशीलताले सफलता हासिल पनि गर्छन्। यिनीहरूले न्यायिक क्षेत्रमा चासो राख्छन् र कहिले कसैलाई धोका दिंदैनन्। यस्ता व्यक्ति असफल भएमा धेरै छिटो निराश हुनपुग्छन् तर केही बेर एकान्तमा बसेपछि सोचविचार गरेर निराशाबाट मुक्त हुन्छन्।
यस्ता व्यक्ति फाल्तु कुरामा अल्मलिदैनन् र भविष्यप्रति सचेत हुन्छन्। यस्ता मानिसहरू परोपकारी हुने गर्दछन् र अनुशासन मन पराउँछन्। आफ्नो सिद्धान्तलाई निर्वाह गर्दछन्। धैर्य र अनुशासन यस लग्नको गुण हुने गर्दछ। यस लग्नका जातक राजनीति, रङ्गमञ्च, लागुपदार्थ वा मादक पदार्थको क्रयविक्रयकर्ता, उच्च सरकारी पदाधिकारी, श्रेष्ठ पौडीवाज आदि हुने गर्दछन्।
Greetings! Very helpful advice in this particular article! It is the little changes that will make the most significant changes. Many thanks for sharing!