मीन लग्नका जातकहरूको एउटै उदेश्य हुन्छ – जसरीतसरी ऐशोआराम जिन्दगी बाँच्ने। यस लग्नका जातक बहुआयामी व्यक्तित्वका धनी हुन्छन्। मीन लग्न भएका व्यक्तिको व्यक्तित्व गुरुसमान हुन्छ। मध्यम उचाइ, गोलाकार र सुन्दर आँखा र थोरै मोटोपन हुने गर्दछ। यस्ता व्यक्ति थोरै जिद्दी, धार्मिक र संयमी हुने गर्दछन्। गुरुसमान आदर र सम्मान पाउने गर्दछन्। धेरै छिटो मानिसहरूमाझ आफ्नो स्थान सुरक्षित तुल्याउँदछन्। अनुहारमा एउटा तेज हुन्छ।
यस्ता व्यक्ति राम्रो वक्ता, गुरु र सलाहकार बन्ने गर्दछन्। अलिकति पारम्परिक हुने गर्दछन्। यिनीहरूलाई सजिलै रिस उठ्दैन, तर रिसाएपछि कसैले नियन्त्रण गर्न सक्दैन। यस्ता व्यक्ति गम्भीर हुने गर्दछन् र सबै कुरा बिर्सन सक्छन् तर आफ्नो परम्परा र सिद्धान्तलाई बिर्संदैनन्। धर्मका विरूद्ध आफूपनि केही गर्दैनन् अर्कालाई पनि गर्न दिंदैनन्, थोरै महत्वाकांक्षी पनि हुने गर्दछन्। यिनीहरूलाई स्वतन्त्रता मन पर्छ, तर आफूभन्दा ठूलाद्वारा गरिएको निर्देशनलाई पालना गर्दछन्। अलिकति लोभी पनि हुन्छन्, तर आफ्नो स्वार्थमा खर्च गर्न पछि पर्दैनन्। आत्मविश्वासी हुन्छन् र आफ्नो आत्मविश्वासका कारणले नै सफलता र सम्मान प्राप्त गर्छन्। धार्मिक ग्रन्थ र साहित्यप्रति यिनीहरूको रूचि हुन्छ र राम्रो गुरु बन्न समर्थ हुन्छन्।
प्रायशः मानिसहरू आफ्ना समस्या देखाउँदै यस्ता मानिसहरूकहां आउँदन् र यीसँग सल्लाह प्राप्त गरी खुसी हुने गर्दछन्। धार्मिक कार्यमा धन खर्च गर्न पछि पर्दैनन् तर धनसंचय गर्ने कला पनि यिनीहरूमा हुन्छ। आफ्नो कार्यलाई गर्न दक्ष र दृढ़ निश्चयी हुने गर्दछन्। यसै कारण कार्यलाई समयभन्दा पहिले नै गर्नु यिनीहरूको विशेषता हो। यस्ता व्यक्तिले सम्मान गर्न राम्ररी जान्दछन्। यस्ता व्यक्ति आफ्नो उमेरभन्दा ठूलठूला अर्थात् परिपक्व कुरा गर्दछन्, श्रवणयोग्य र रमणीय हुन्छ। यिनीहरूको कार्यप्रणाली सादा र सरल हुन्छ तर यस्ता व्यक्ति प्रायशः ज्ञान बाँड्दै जीवन बिताउँदछन्। व्यापार र वाणिज्य कर्ममा निपुण, बौद्धिक कार्य गर्ने, पर्यटनव्यवसाय, समाजसेवी, कर्मकाण्डी पण्डित, शैक्षिकसंस्थाको प्रमुख वा संस्थापक, प्रवचनकर्ता आदि कार्यमा दक्ष व्यक्तित्वहरूको प्रायः मीन लग्न हुने गर्दछ।
Greetings! Very helpful advice in this particular article! It is the little changes that will make the most significant changes. Many thanks for sharing!