कर्क लग्नका जातक पातला र मध्यम कदका हुने गर्दछन्। जसरी गंगटो यकर्क राशिको प्रतीक चिह्नद्ध जल र भूमि दुबै ठाउँमा समायोजन हुनसक्छ त्यसरी नै कर्क लग्नका व्यक्ति पनि हरेक परिस्थितिमाआफूलाई बदल्न सक्छन्। यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ। यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने गर्दछन्, गाह्रोभन्दा गाह्रो समयमा पनि डराउँदैनन्। यिनीहरू अत्यधिक भावनामय हुने गर्दछन् त्यसैले यिनीहरूको निर्णय कति पटक त गलत पनि हुनपुग्छ। यिनीहरूको स्वभावमा कति पटक त जिद्दीपन आउँछ। यस्ता मानिसले आफ्नो स्वभावको यस नकारात्मक पक्षलाई त्याग्ने प्रयास गर्नु पर्छ। कर्क लग्न भएका मानिसहरूको जिम्मेबारी सीधै टाउकामा नपुगुन्जेल यिनीहरू गम्भीर हुंदैनन् तर कुनै कामलाई गर्ने अडान लिए भने त्यसलाई चाहिं गरी छाडछन्।
कर्कट लग्नमा उत्पन्न जातकको फल
जलतत्त्वयुक्त, शीतल र सौम्य स्वभावका मानिसको प्रायः कर्कट लग्न हुन्छ। लग्नमा चन्द्रमाको प्रभाव हुनाले यिनीहरू अति संवेदनशील हुने गर्दछन्। कर्क लग्न जुन जलतत्त्व हो, त्यसैले जसरी पानीले आफ्ना लागि बाटो आफैं बनाउँदछ त्यसरी नै कर्क लग्नका व्यक्तिहरू पनि आफ्नो काम फत्ते गरी छाड्छन्। यो चर लग्न हो त्यसैले निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो।
यस्ता मानिसलाई जलीय स्थाननजिकै बस्न प्यारो लाग्छ। जाडो ठाउँमा बस्नु र ठण्डी वस्तुको सेवन गर्नु यस्ता मानिसलाई धेरै मन पर्छ। ठण्डी वस्तुको अत्यधिक सेवन गर्नाले यस्ता मानिसलाई कफसम्बन्धी समस्या हुन्छ त्यसैले यस्ता मानिसले गर्मी वस्तुको सेवन पनि गर्नु पर्छ।
कर्क लग्नका जातक जसका साथ भावनात्मक रूपले जोडिन्छन्, तिनको सुरक्षा गर्नु आफ्नो जिम्मेबारी मान्दछन् तिनका लागि केही गर्न पनि तैयार रहन्छन् र जुन कुरा वा व्यक्तिसित शत्रुता हुन्छ तिनलाई बर्बाद गर्न बाँकी पनि राख्दैनन्। निरन्तर काम गर्नु यिनीहरूको स्वभाव हो, सुखसुविधा नगरी निरन्तर काम गर्नाले यिनीहरूको स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ। यस्ता मानिसले आफ्नो कार्यप्रणालीमा
सुधार गर्नु पर्छ र थोरै समय सुखसुविधाका लागि पनि निकाल्नु पर्छ।
यस लग्नमा जन्मिएका जातकको जीवनमा आकस्मिक परिवर्तन आउँछ। यस लग्नका जातक संवदेनशील र भावुक हुने गर्दछन् र यिनले जीवनमा उतारचढावको सामना गर्नुपर्दछ। वनस्पति विज्ञान, बागवानी, प्रकृतिसँग सम्बद्ध कुनै विशिष्ट ज्ञान, मनोविद्, हास्यव्यङ्ग्यको कलाकार, जलसेनाको कर्मचारी वा त्यस्तै सामुद्रिक कामहरू, फोटोग्राफी आदि जस्ता काम यस लग्नका लागि सहज हुन्छ। कर्कट राशीका मान्छेले एउटाभन्दा बढी आयस्रोतको छनोट गर्नु, बारम्बार कार्यक्षेत्र फेर्नु र लागूपदार्थ र मादकपदार्थको सेवन गर्नु अति नै खराब हुन्छ र यस्ता मान्छेले जीवनमा अत्यन्त निराशा व्यहोर्नु पर्छ।