साताको प्रारम्भमा तारिफ योग्य कामले समाजमा लोकप्रियता दिलाउनेछ। दिगो काम थालनी गर्न सकिनेछ। साताको मध्यमा सामान्य काममा पनि अनावश्यक खर्च बढ्ला सावधान रहनुहोस्। बोलि व्यवहारले अरूको मन जित्न सकिनेछ। साताको अन्तिममा विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। मेहनतले सफलताको उचाइमा पुगिनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक १ र ५ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आकस्मिक खर्च बढ्नाले आयको स्रोत कमजोर देखिनेछ। भविष्यको लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। साताको मध्यमा समाजमा मान प्रतिष्ठा बढ्नेछ। आवश्यक भौतिक संसाधन जुटाउन सकिनेछ। साताको अन्तिममा संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग केशरी र निलो हो भने शुभ अंक २ र ५ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनज्ञ लाभ आर्जन हुनेछ। विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। साताको अन्तिममा कार्यक्षेत्रमा अधिनस्थहरू सहयोगी सिद्ध हुनेछन्। माननीय जनहरूको सहयोगले महत्वपूर्ण योजना पूरा हुनेछ। सदैव शिवजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। सञ्चित धनको उपयोगले व्यापार व्यवसायमा लगानी बढाउनुपर्ला। साताको मध्यमा पहिलाको आम्दानी प्राप्त हुनाले नयाँ काम गर्नमा उत्साह जाग्नेछ। कामको उचित मूल्याङ्कन प्राप्त हुनेछ। साताको अन्तिममा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। छरछिमेकीसँग असमझदारी बढ्नेछ। सदैव भगवान विष्णुको ध्यान गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कमजोर नतिजा सच्याउन काम दोहोराएर गर्नुपर्ला। व्यापारमा फाइदा हुनेछ भने सेवाग्राहीहरूको मन जित्न सकिनेछ। साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। साताको अन्तिममा शेयर बाजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आफूभन्दा ठूलाप्रति आत्मीयता बढ्नेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग बैजनी र रातो हो भने शुभ अंक १ र ८ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। साताको मध्यमा नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला। उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। साताको अन्तिममा सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सदैव भगवती देवीलाई रातो फूल चढाएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र हरियो हो भने शुभ अंक ६ र ८ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। नमागी अरूलाई सल्लाह नदिनुहोस्। साताको अन्तिममा अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनेछ भने तर्कशक्तिमा विकास हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। आर्थिक स्थिति सबल रहनेछ। साताको अन्तिममा उपलब्धिहीन काममा समय वा श्रम खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा सावधान रहनुहोस्। सदैव भगवान गणेशजीको स्मरण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र कलेजी हो भने शुभ अंक १ र ७ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा मनमा परोपकारको भावना जागृत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट आवश्यक अनुसार ऋणको प्रक्रियाहरू अघि बढ्नेछन्। साताको अन्तिममा आय सबल रहनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग आकाशी र सुन्तला हो भने शुभ अंक ३ र ६ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा आफन्तहरूको मध्य कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। रचनात्मक कार्यमा मन लाग्नेछ। नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ। साताको अन्तिममा संघर्षको उचित मूल्यांकन नपाईएला। अवसरवादिहरूबाट सावधान रहनुहोला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ३ र ८ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा नयाँ कार्य प्रारम्भ गर्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिनुहोस्। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। साताको मध्यमा स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। व्यावहारिक पक्ष सबल रहनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा चुनौती पछ्याउँदै नयाँ अवसर निर्माण गर्न सकिनेछ। भविष्यलाई लिएर महत्वपूर्ण योजनाहरू कोरिनेछन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ५ र ८ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा संचित धनमा वृद्धि हुनेछ। प्रतिक्षित नतिजाको अनुकूल परिणाम प्राप्त हुनेछ। साताको मध्यमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ। धर्म कर्मतर्फ मन जानेछ। साताको अन्तिममा गृहणीहरूलाई जीवनसाथीद्वारा उपहार प्राप्त होला। साझेदारी व्यापारमा लाभ रहनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो