साताको प्रारम्भमा कार्यक्षेत्रमा सफलता मिल्नेछ। जीवन साथीबाट उपहार मिल्ला। साताको मध्यमा साझेदारी व्यापारमा लाभ रहनेछ। व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। साताको अन्त्यमा स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। बोलिको विपरीत अर्थ लाग्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक १ र ३ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरको लाभ उठाउन सकिनेछ। साताको मध्यमा वित्तीय र सहकारी संस्थाहरूबाट लाभ मिल्ला उधारो पैसा दिनबाट बच्नुहोस्। साताको अन्तिममा दाम्पत्य जीवन सुमधुर रहनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ७ र ९ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा व्यावहारिक पक्षमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ। जग्गा जमीनबाट लाभ आर्जन गर्न सकिएला। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा सानो कामलाई पनि दौडधुप धेरै गर्नुपर्ला। प्रशासनिक र राजकीय समस्याहरू सुल्झिनेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक १ र ५ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउने छ। साताको मध्यमा यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीहरूको सामना गर्दै कार्यसम्पादन गर्न सकिनेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ४ र ६ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा फसेको रकम तत्काल उठाउन सकिनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। साताको मध्यमा कार्यक्षेत्रमा आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। आफूभन्दा साना मध्य आत्मीयता बढ्नेछ। साताको अन्तिममा घरायसी कार्यमा समझदारी बढ्नेछ। अरुको लागि खटिनुपर्ला | साताको अन्तिममा व्यवहारमा मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापारमा लाभ रहनेछ। सदैव गायत्री मंत्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र हरियो हो भने शुभ अंक ३ र ५ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा मानसम्मान वृद्धि हुनेछ। हत्तारमा कुनै पनि नयाँ निर्णय नलिनुहोला। साताको मध्यमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साताको अन्तिममा गोपनियता बाहिरिनाले समस्या पर्नेछ। फजुल खर्चबाट बच्नुहोस्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र रातो हो भने शुभ अंक २ र ५ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। घरेलु जिम्मेवारी बढ्नाले व्यापार व्यवसायमा समय दिन नसकिएला। साताको मध्यमा लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र पहेलो हो भने शुभ अंक ३ र ५ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्यक्षेत्रमा कामको तारिफ हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। साताको मध्यमा व्यर्थको कार्यमा समय व्यतीत हुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिख्ने अवसर मिल्नेछ। साताको अन्त्यमा सेवामूलक कामबाट सफलता मिल्नेछ। साहसिक कार्य गर्ने समय रहेको छ। सदैव भगवान शिवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र सेतो हो भने शुभ अंक ३ र ८ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा श्रमको उचित मूल्यांकन पाइनेछ। रोकिएका काम बन्नेछन्। साताको मध्यमा शेयर बजारबाट लाभ आर्जन हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। अध्ययनको लगावले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। साताको अन्त्यमा पहिलाका सफलताले थप कार्यप्रति उत्साह जाग्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक २ र ८ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ रहनेछ। पिताको सहयोगले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। रोजगारीका लागि नँया अवसरहरू फेला पर्नेछन्। साताको अन्तिममा तत्काल फाइदा नभये पनि पछिलाई फाइदा हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिन प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा पुरानो सम्झौता भंग हुनाले व्यापारमा हानि हुन सक्छ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। साताको मध्यमा लाभका स्रोतहरू पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। साताको अन्तिममा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। सदैव भगवान विष्णुलाई तुलसी अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र सुन्तला हो भने शुभ अंक ३ र ६ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। गरिएको कामको उचित मूल्यांकन पाइनेछ। साताको मध्यमा जग्गा जमीन सम्बन्धी खोज पुरा हुनेछ। आलस्यले गर्दा हातमा आएको अवसर जान सक्छ। साताको अन्तिममा युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सिन्दुरी र सु