मेष राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। द्वादश भावमा सूर्यको गोचरले गर्दा वैदेशिक विषय र यात्रा आदिमा अनावश्यक धन व्यय हुनेछ। नोकरी वा पेशामा स्थिरताको भयले सताउनेछ। शुक्रको द्वादश भावमा गोचरले गर्दा सौन्दर्य र साज सज्जाको सामानमा अतिरिक्त धन व्ययका योग छन्। माहको मध्य देखि शुक्रको लग्न स्थानमा गोचरले गर्दा घरपरिवारसँग राम्रो समय बित्नेछ भने आपसी सहयोग पनि बढ्नेछ। जीवनसाथी र आफन्तहरूको समर्थन पाइनेछ। पढाइ र प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। अध्ययनको दृष्टिले सहयोगी वातावरण बन्नेछ भने सामूहिक अध्ययनमा गुरुजनहरूको राम्रो मार्गदर्शन मिल्नेछ। मंगलको एकादश भावमा गोचरले गर्दा करियरको दृष्टिले यो महिना लाभकारी सिद्ध हुनेछ। प्रेम सम्बन्धमा अनावश्यक तनाव बढ्नेछ। नेटवर्किङ वा शेयर मार्केटको क्षेत्रबाट लाभ आर्जन गर्न सकिनेछ। यो महिना स्वास्थ्यलाई लिएर संवेदनशील रहनुहोस् साथै अनिन्द्रा, मानसिक तनाव वा पुरानो रोग बल्झिनाले परेशानी को महसुस हुनेछ। स्वास्थ्यलाई लिएर पर्याप्त विश्राम र दिनचर्यामा विशेष ध्यान दिनुहोला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि महिना राम्रो रहेको छ। एकादश भावमा सूर्य र शुक्रको गोचरले गर्दा आर्थिक पक्ष सबल हुनेछ भने नोकरी वा पेशामा आयमा वृद्धि हुनुका साथै नयाँ जिम्मेवारी मिल्नेछ। बोनस कमिसन वा अतिरिक्त आयका प्रबल संकेत देखिएका छन्। मंगल र बुधको दशम भावमा गोचरले गर्दा सेवा मुलुक कामबाट विशेष लाभार्जन हुनेछ। माहको अन्त्यमा मंगलको एकादश भावमा गोचरले लाभ, लक्ष्यपूर्ति र प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापार विस्तारलाई लिएर नयाँ अनुबन्ध हुनेछन्। सकारात्मक संवाद र आपसी समझदारीमा वृद्धि हुनेछ। माहको मध्यबाट शुक्रको द्वादश भावमा गोचरले गर्दा विदेशतिरबाट राम्रो सूचना मिल्नेछ भने नसोचेको ठाउँबाट उपहार पाइएला। भौतिक संसाधन जुटाउन सकिनेछ। उठ्नुपर्ने रकम हात लागि हुनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। अत्याधिक कामको कारण थकान, रक्तचाप वा टाउको दुख्ने समस्याले सताउनेछ। धैर्य र अनुशासनको साथ स्वास्थ्यमा ध्यान दिनुहोला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। दशम भावमा सूर्य र शुक्रको गोचरले गर्दा अप्रत्यासित आर्थिक लाभको सम्भावना देखिएको छ। नोकरी वा पेशामा प्रभाव बढ्नुका साथै नयाँ जिम्मेवारी पनि पाइनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। शुक्रको दशम भावमा गोचरले गर्दा चलचित्र वा कलाकारिताको क्षेत्रमा भाग्यको साथ पाइनेछ। मंगल र बुधको नवम भावमा गोचरले गर्दा कार्यक्षेत्रमा धेरै परिश्रम गर्नुपर्ला। जिम्मेवारी बढ्नुका साथै आम्दानी बढ्ने पनि प्रबल सम्भावना देखिएको छ। पारिवारिक विषयवस्तुहरूमा महत्वपूर्ण भूमिका रहनेछ। वैवाहिक जीवनमा जीवनसाथीसँग राम्रो तालमेल स्थापित गर्न सकिनेछ। महिनाको मध्यबाट शुक्रको एकादश भावमा गोचरले गर्दा आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आफूभन्दा ठूलाप्रति आत्मीयता बढ्नेछ। पढाईमा र प्रेम सम्बन्धलाई लिएर महिना सकारात्मक रहनेछ। बुधको नवम भावमा गोचरले गर्दा शिक्षाको क्षेत्र राम्रो देखिएको छ। प्रतियोगी परीक्षामा राम्रो फोकस राख्न सकिनेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बनाउन सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले समय उत्तम रहेको छ। पुरानो समस्याबाट मुक्ति मिल्नेछ भने रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। नवम भावमा सूर्य र शुक्रको गोचरले गर्दा वैदेशिक यात्रा वा उच्च शिक्षालाई लिएर समय अनुकूल रहनेछ। धर्म कर्म वा सांस्कृतिक कार्यक्रमहरूमा रुचि बढ्नुका साथै प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। कुरा गर्दा शब्द चयन माथि ध्यान पुर्याउनु होला। पारिवारिक वातावरण केही विषयलाई लिएर संवेदनशील रहनेछ। गोपनीय कुराहरू बाहिरिनाले पारिवारिक मतभेद वा भावनात्मक दुरी महसुस हुनेछ। महिनाको मध्यदेखि दशमभावमा शुक्रको गोचरले गर्दा घरपरिवारमा आपसी समझदारी र सामन्जस्य बढ्नेछ। शिक्षाको दृष्टिकोणले समय सकारात्मक रहनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्य र शुक्रको गोचरले गर्दा नोकरी वा पेशामा प्रतिस्पर्धा बढ्नेछ। स्वास्थ्यलाई लिएर खर्चमा वृद्धि हुनेछ। चिताएका काम परिस्थितिवस सम्पन्न गर्न नसकिएला। सेवामूलक काममा अपयश खेप्नु पर्ला सचेत रहनुहोस्। कार्यक्षेत्र वा पठनपाठनलाई लिएर आफन्तहरुबाट टाढिनुपर्ला। मंगल र बुधको सप्तम स्थानमा गोचरले गर्दा साझेदारी व्यापार र सार्वजनिक सम्पर्कहरूको माध्यमबाट आयका नयाँ अवसरहरू प्राप्त हुनेछन्। जीवनसाथीसँग वैचारिक मतभेदका योग छन्। अध्ययन अध्यापनमा प्रतिस्पर्धा बढ्नेछ। बुधको गोचरले गर्दा व्यापार व्यवसायमा सक्रिय भूमिका निभाउन सकिनेछ। महिनको मध्यबाट काममा बाधा आउनेछ भने राजनीतिक क्षेत्रमा दौडधुप धेरै गर्नुपर्ला। प्रेम सम्बन्धमा खुलेर वा स्पष्ट कुरा राख्ने प्रयास गर्नुहोस् नभए शंका बढ्नेछ। स्वास्थ्यको दृष्टिकोणले महिना सामान्य रहेको छ। स्वभावमा कठोरता रहनेछ। रोग प्रतिरोधात्मक क्षमतामा कमी देखिएको छ। दिनचर्यामा पर्याप्त विश्राम लाभकारी सिद्ध हुनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र शुक्रको सप्तम भावमा गोचरले गर्दा साझेदारी व्यापारमा नयाँ अनुबन्धहरू मिल्नेछन्। जीवनसाथीको कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध उत्साहजनक रहनेछ। दाम्पत्य जीवनमा मधुर सम्बन्ध स्थापित गर्न सकिनेछ। जीवनसाथीसँग कुनै पुरानो कुरालाई लिएर वादविवाद सुल्झिनेछ। महिनाको मध्यबाट शुक्रको अष्टम स्थानमा गोचरले गर्दा राजनीतिक क्षेत्रमा सक्रिय वा चुनौतीपूर्ण भूमिका निभाउनु पर्ला। विदेशतिर मुख ताक्नेहरूको लागि समय सकारात्मक रहनेछ। मंगल र बुधको षष्ठ स्थानमा गोचरले गर्दा बैंकिङ वा वित्तीय क्षेत्रहरूबाट राम्रो सहयोग मिल्नेछ। नयाँ नोकरी वा इन्टरभ्यु आदिमा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। व्यापार व्यवसायमा पहिला लिएका निर्णयहरूले समस्या बढाउनेछन्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोला। सरकारी कामकाजले गति लिनेछ। पढाइ र करियरको क्षेत्र चुनौतीपूर्ण रहनेछ तर प्रतिस्पर्धीहरू हार खाने छन्। स्वास्थ्यको दृष्टिकोणले महिना राम्रो रहेको छ स्वास्थ्यले साथ दिनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। षष्ठ स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा प्रतियोगी परीक्षामा सफलता मिल्नुका साथै शत्रुहरू माथि विजय पाइनेछ। पहिला लिएका निर्णयहरूबाट लाभ हुने संकेत देखिएको छ। खर्च र ऋण बढ्नेछ भने काममा सोचेभन्दा धेरै लगानी लगाउनु पर्ला। पारिवारिक र वैवाहिक सम्बन्धको दृष्टिकोणले महिना सामान्य रहेको छ। महिनाको मध्यदेखि शुक्रको सप्तम भावमा गोचरले गर्दा दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रेम सम्बन्धलाई अगाडि बढाउनको लागि परिवारसँग कुरा राख्न सक्नुहुनेछ। मंगल र बुधको पञ्चम भावमा गोचरले गर्दा युवा वर्गहरुलाई करियर वा नोकरीको क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। प्रतियोगी परीक्षा र सृजनात्मक कार्यहरूमा राम्रो सफलता हात लाग्नेछ। विद्यार्थीहरूलाई परिश्रमको राम्रो परिणाम मिल्नेछ। जिम्मेदारीहरू बढ्नाले प्रेमीलाई समय दिन नसकिएला। स्वास्थ्य को दृष्टिकोणले समय चुनौतीपूर्ण रहेको छ। सवारी साधन चलाउँदा नीति नियममा ध्यान दिनुहोला। कामको चापले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। पञ्चम स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा आयमा स्थिरता आउनेछ। पहिला गरेका प्रयासहरूको राम्रो प्रतिफल प्राप्त हुनेछ। नोकरी वा पेशामा थप लगानीबाट लाभ लिन सकिनेछ। महिनाको मध्यदेखि शुक्रको षष्ठ भावमा गोचरले गर्दा वित्तीय वा सहकारी संस्थाहरूमा रोकिएका कामहरू बन्नेछन्। आफन्तहरू मध्य सौहार्दपूर्ण वातावरणको सिर्जना हुनेछ। पारिवारिक वा वैवाहिक सम्बन्धलाई लिएर यो महिना दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ। मंगलको प्रभावले रिस वा सानो कुरालाई लिएर विवाद उत्पन्न हुन सक्छ। सृजनात्मक वा बौद्धिक कार्यहरूको लागि समय अनुकूल रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ साथै परीक्षाको परिणाम अनुकुल रहनेछ। जग्गा जमिनबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। जीवनसाथीबाट उपहार पाइएला। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा घरायसी कामले पिरोल्न सक्छ। घरको जिम्मेवारी बढ्नेछ। घरपरिवारमा आफन्तहरू मध्य कुनै कुरालाई लिएर वादविवाद बढ्नेछ। व्यक्तिगत जीवनमा आत्मविश्वास झल्किनेछ। पहिला प्राप्त भएको उपलब्धि जोगाउने प्रयास गर्नुहोला। महिनाको मध्यदेखि शुक्रको पञ्चम स्थानमा गोचरले गर्दा कला वा संगीतको क्षेत्रमा सक्रियता बढ्नेछ। कार्यक्षेत्रमा सोशल मीडियाको प्रयोगले लाभ उठाउन सकिनेछ। घरपरिवारमा जग्गा जमिन र सम्पत्तिलाई लिएर आफन्तहरू मध्य असन्तोषको भावना जागृत हुनेछ। घरमा शुभ र मांगलिक कार्यको चर्चा हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। वैवाहिक जीवनमा एक अर्काप्रति आत्मविश्वास बढ्नेछ। करियर र पारिवारिक जिम्मेवारीको बीचमा सन्तुलन बनाउ्ने समय रहेको छ। स्वास्थ्य सामान्य रहेको छ। मानसिक तनाव र छाती दुख्ने हल्का समस्या उत्पन्न हुन सक्छ। स्वास्थ्यलाई लिएर पर्याप्त विश्राम वा सन्तुलित आहार मा ध्यान दिनु होला।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि दिन राम्रो रहेको छ। तृतीय स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा व्यापार व्यवसायमा नयाँ प्रयासहरूको लागि नयाँ मार्ग प्रशस्त हुनेछ। वरिष्ठ व्यक्तिहरूको साथ र सहयोग पाइनेछ। प्रतिस्पर्धीहरू हार खाने छन् भने रोकिएका कार्यसम्पादन गर्ने समय रहेको छ। भौतिक संसाधन र उपकरण संग्रह गर्न सकिनेछ। महिनाको मध्यबाट शुक्रको चतुर्थ स्थानमा गोचरले गर्दा समय झन् रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ। पारिवारिक जमघटको बीच मान प्रतिष्ठा बढ्नेछ। नयाँ वाहन आदिको सुख प्राप्त हुनेछ। पारिवारिक र वैवाहिक सम्बन्धलाई लिएर दायित्वहरू बढ्नेछन्। दाजुभाइमा केही असमझदारी बढ्न सक्छ त्यसैले सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्नुहोस्। जीवनसाथी संगको संवादमा सुधार आउनेछ। मंगल र बुधको द्वितीय स्थानमा गोचरले गर्दा बोल्दा शब्द चयनमा सावधानी आवश्यक छ नभए सानो कुरा पनि ठूलो देखिनेछ। प्रेम सम्बन्धमा संवादको विशेष महत्व रहनेछ। स्वास्थ्यको दृष्टिले यो महिनामा दाँत र पाचन सम्बन्धी समस्या देखा पर्ला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। द्वितीय स्थानमा सूर्य र शुक्रको गोचरले गर्दा महत्वकांक्षी काम थालनी हुनेछ भने चलिरहेको काममा केही चुनौती र अवरोध झेल्नुपर्ला। प्रयास गर्नेहरूको लागि अवसरका बाटा खुल्नेछन्। आलोचकहरूले समाजमा भ्रम फैलाउने चेष्टा गर्नेछन्। संगीत, कला र साहित्यको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। व्यक्तित्व प्रभावशाली रहनेछ। परिवारमा नेतृत्वकारी भूमिका सशक्त हुनेछ। मंगलको प्रभावले जीवनसाथी र परिवारको सदस्यहरूसँग मनमुटाव बढ्न सक्छ त्यसर्थ संयमित र स्पष्ट संवाद आवश्यक रहेको छ। प्रतिस्पर्धात्मक क्षमता बढ्नेछ। मनमा चञ्चलताको कारण पढाइमा एकाग्रताको कमी देखिनेछ। प्रेम सम्बन्धमा एकअर्कापति आकर्षण बढ्नेछ। नोकरी वा पेशामा आर्थिक अनुबन्धबाट जोडिएका विषयहरूमा जोखिमपूर्ण निर्णयहरूबाट बच्नुहोस्। कार्यकुशलतामा सुधार आउनेछ। स्वास्थ्यको दृष्टिले समय सामान्य रहेको छ। आर्थिक समस्याले मनमा चिन्ता र तनावको माहोल बनाउनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सूर्य र शुक्रको लग्न स्थानमा गोचरले गर्दा व्यक्तिगत जीवनका चुनौतीहरु पन्छाउन सकिनेछ। अरुको सुझाव विपरीत आफ्नो निर्णय लिँदा समस्यामा परिएला। पद प्रतिष्ठामा वृद्धि हुनेछ भने नौकरी वा पेशामा पदोन्नतिको योग छ। बुध र मंगलको द्वादश भावमा गोचरले गर्दा आत्मबलमा कमीको साथै आर्थिक निर्णयहरुमा स्ष्टता राख्नुहोस्। वैदेशिक रोजगारमा सफलताका योग छन्। संवेदनशील मुद्दा मामला बाहिरिनाले समस्या निम्तिएला। मंगलको लग्न स्थानमा गोचरले गर्दा आत्मबलमा वृद्धिका साथै आर्थिक निर्णयहरूमा स्पष्टता आउनेछ। कृषि र ठेक्कापट्टाको कामहरूमा विशेष सफलताका योग छन्। परिस्थितिलाई अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। धैर्यताको कमीले सुझबुझमा कमी आउनेछ। माहको मध्यदेखि शुक्रको द्वितीय भावमा गोचरले गर्दा विवादास्पद कुराहरूमा समझदारी बढ्नुका साथै घरपरिवारसँग मिठो सम्बन्ध स्थापित हुनेछ। बोलीवचनले अरुको मन जित्न सकिनेछ। जटिल काममा घरपरिवारको राम्रो सहयोग पाइनेछ। अध्ययन अध्यापनमा जुट्नेहरूको लागि समय सकारात्मक रहनेछ। प्रेम सम्बन्धमा सफलता र नयाँ सम्बन्धहरूको प्रारम्भ र पुरानो सम्बन्धमा नयाँ ऊर्जाको सञ