श्रीस्वस्थानी व्रतकथाको द्वादशोऽध्यायः, श्रीविष्णुद्वारा पार्वतीलाई स्वस्थानी व्रतको उपदेश

 अथ द्वादशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि हिमालय पर्वतले आफ्नी पत्नी मेनका गर्भिणी भएको थाहा पाई अत्यन्त हर्षपूर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए। दस महीना पूरा भएपछि मेनकाको गर्भबाट हिमालयकी कन्या जन्मिन्। ती कस्ती कन्या थिइन् भने-हजार सूर्यको तेज जस्तै तेज भएकी, रक्तवर्ण र कोमल अंग एवं परम सुन्दरी, पद्मपत्र जस्ता नेत्र […]

श्रीस्वस्थानी व्रतकथाको एकादशोऽध्यायः, सप्तऋषिबाट महादेवलाई श्राप

 एकादशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! तहाँ उप्रान्त सतीदेवीको प्रत्येक अंग पतन भयो र महादेवले चित्त दृढ पार्न नसकी हा सती ! भन्दै भूमिमा ढली मूच्छा परे। निकै बेरणछि होश आयो र लामो-लामो सास फेरी चित्तले सतीलाई नै सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे। त्यस्ता तरहले महादेव हिंडेको देखी तारकासुर दानवले आफ्ना […]

श्रीस्वस्थानी व्रतकथाको दशमोऽध्यायः, अंगपतन र पीठोत्पत्तिको वर्णन

 दशमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! राजगृहमा गएर दाहिने कुहुना पतन भयो। राजगृह पीठ, राजगृहेश्वरी देवी, उल्कामुखी योगिनी, हरेश्वर महादेव उत्पन्न भए । शिव-शक्ति स्वरूपले रहे । त्यस पुण्यभूमिमा वायु आएर अनेक तरहले मीठा सुगन्ध बहाई तपस्या गरे । ईश्वरी प्रसन्न भएर वरदान लेऊ भनिन् । वायुहरूले ‘संसारमा जति जीवात्मा छन् तिनको […]

श्रीस्वस्थानी व्रत कथाको नवमोऽध्यायः, सतीदेवीको अङ्ग पतन

नवमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यहाँपछि इन्द्रादि समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेर हिंडेको देखी वैकुण्ठ गएर विष्णु भगवासित बिन्ती गरे- ‘हे परमेश्वर ! महादेवले शोक गरेको देखेर दुःखी नहुने यो समस्त ब्रह्माण्डमा यौटा जीव पनि पाइने छैनन् । हजुरले यो ब्रह्माण्डको रचना गर्ने र शिवजीले रक्षा गर्ने हो […]

श्रीस्वस्थानी व्रत कथाको अष्टमोऽध्यायः, महादेवको पृथ्वी भ्रमण

 अथ अष्टमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! विष्णु भगवान् संग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दस दिशातिर भागे। ती परस्पर भन्दथे -अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खड़ा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता नारायण पनि […]

श्रीस्वस्थानी व्रत कथाको सप्तमोऽध्यायः, दक्षसेनाको वध

 अथ सप्तमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-मुनि सबैले-अहो, साहै। अनर्थ भयो भन्दै आश्चर्य माने। उसै वेला अकस्मात् आँधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो। बिना वादलकै मेघ गर्जन लाग्यो। यज्ञमा उपस्थित सबै देवता, यक्ष, गन्धर्व, किन्नर, […]

श्रीस्वस्थानी व्रत कथाको षष्ठोऽध्यायः, सतीदेवीको देहत्याग वर्णन

अथ षष्ठोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-‘हे अगस्त्य मुनि! यस्तो किसिमसँग मैले त्रिपुर-दाह सुनाएँ, अब के सुन्ने इच्छा छ?’ यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्-हे कुमारजी! दक्षप्रजापतिका तेत्तीस कोटि कन्या तेत्तीस कोटि देवताले विवाह गरे। सतीदेवीलाई विष्णु भगवानको छलले शिवजीले प्राप्त गर्नुभयो। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो यस विषयमा (सुन्ने इच्छा छ, सुनाइ बक्सियोस्। […]

श्रीस्वस्थानी व्रत कथाको पञ्चमोऽध्यायः, त्रिपुरदाह वर्णन

 पञ्चमोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- ‘हे अगस्त्य मुनि !! तिमीले सोधेको सबै प्रश्नको उत्तर दिइसके । अब के सुन्ने इच्छा छ?भन । म सबै सुनाउन तयार छु ।’ त्यति सुनी अगस्त्य मुनिले बिन्ती गरे- ‘हे कुमारजी ! त्रिपुरासुरले कसको तपस्या गरयो ? त्यसलाई श्रीमहादेवले कसरी भस्म पार्नुभयो? यो सुन्ने इच्छा छ, त्यो सबै आज्ञा गर्नुहवस् […]

श्रीस्वस्थानी व्रतकथाको चतुर्थोऽध्यायः, सतीदेवीको विवाह वर्णन

 अथ चतुर्थोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! त्यसपछि कन्यादान लिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पूर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षको घर जान बिर्सेर विष, भाड, धतुरो खाई अचेत जस्तै भए। अनि विष्णुले अझसम्म महादेव आउनु-भएन, कन्यादानको […]

श्रीस्वस्थानी व्रतकथाको तृतीयोSध्याय:, दक्षकन्याहरुको विवाह वर्णन

 तृतीयोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि! अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए। तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता स्त्री थिइन्। विरणी गर्भिणी भइन् र दशमास पूर्ण भएपछि पुत्री जन्मिइन्। कस्ती कन्या भने-हजार सूर्य का जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएको, हात्तीका सूँढ जस्तो हात […]