मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। द्वितीय भावमा सूर्यको गोचरले गर्दा सरकारी निकाय, प्रशासन र बैंकिंग सम्बन्धित कामकाजमा सक्रियता बढ्नेछ। धन संचयन वा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ तर अनावश्यक खर्च र घर सम्बन्धी कुराकानीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। महिनाको मध्यदेखि बुधको तृतीय भावमा गोचरले गर्दा धैर्य र पराक्रमले आँटेको कार्यसम्पादन गर्नमा सफल भइनेछ। पढाइ तथा प्रेम सम्बन्धको दृष्टिकोणले यो समय हजुरको लागि उपयोगी सिद्ध हुनेछ। प्रेम सम्बन्धमा एकअर्काप्रति आकर्षण बढ्नेछ र वैवाहिक सम्बन्धमा सुमधुर संवाद स्थापित हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ भने बोलि प्रभावशाली रहनेछ। शुक्रको तृतीय स्थानमा गोचरले पारिवारिक सम्बन्धलाई लिएर विषम परिस्थिति निर्माण हुनेछ। धार्मिक क्रियाकलाप भन्दा सांसारिक भोग विषयवस्तुमा मन रमाउनेछ। मंगलको प्रथम स्थानमा गोचरले गर्दा रिस बढ्ने र वैदेशिक काममा समस्याहरू देखापर्ने छ। स्वास्थ्य को दृष्टिकोणले टाउको दुख्ने र सानोतिनो चोटपटक लाग्न सक्छ सचेत रहनुहोस्। खानपानलाई लिएर आहारविहारमा सन्तुलन राख्नु आवश्यक रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो समय उत्तम रहेको छ। लग्न स्थानमा सूर्य र बुधको गोचरले गर्दा समय प्रभावशाली रहनेछ। समाजिक रुपमा मानसम्मान र प्रतिष्ठालाई बलियो बनाउन सकिनेछ। आफ्नो मूल्य सिद्धान्त र दीर्घकालीन लक्ष्य प्रति स्पष्टता आउनेछ। अरुको मान्यता खोज्नुभन्दा आफ्नै क्षमता र उपलब्धिमाथि भरोसा गर्ने प्रवृत्ति बढ्नेछ। सरकारी नेतृत्वमा कार्यरत व्यक्तिहरूको लागि विशेष लाभ मिल्न सक्छ। महिनाको मध्यदेखि बुधको द्वितीय भावमा गोचरले गर्दा बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। शुक्रको द्वितीय स्थानमा गोचरले गर्दा पारिवारिक सम्बन्धमा गलतफेमी र परिवारमा मतभेद जस्तो समस्याहरूको समाधान हुनेछ। मंगलको द्वादश भावमा गोचरले गर्दा खर्च बढ्ने सम्भावना देखिन्छ। अनावश्यक वा आकस्मिक कार्यको लागि धन खर्च हुन सक्छ। यात्रा, उपचार वा सुरक्षा सम्बन्धी विषयमा अतिरिक्त लगानी व्यहोर्नुपर्ला। नोकरी वा पेशामा आवेगमा गरिएको निर्णयले आर्थिक दबावको सिर्जना गर्न सक्छ। विद्यार्थी हरुलाई पढाइको क्षेत्रमा सोचे अनुरुप परिणाम प्राप्त हुनेछ। स्वास्थ्यको दृष्टिकोणले अनिद्रा वा मानसिक रूपमा बैचेनी बढ्नेछ। आँखा सम्बन्धी समस्या देखापर्नसक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। द्वादश भावमा सूर्यको गोचरले आर्थिक खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्य र धार्मिक कार्यमा खर्च बढ्न सक्छ। वैदेशिक यात्राको साथै आध्यात्मिक उन्नतिको लागि पनि समय लाभदायी रहनेछ। पुरातत्व विभाग वा आध्यात्मिक खोजप्रति रुचि बढ्नेछ। मंगलको एकादश भावमा गोचरले गर्दा आयका नयाँ अवसरहरू फेलापर्नेछन्। सेयर मार्केटबाट राम्रो लाभ उठाउन सकिनेछ। शुक्रको प्रथम भावमा गोचरले गर्दा वैवाहिक सम्बन्धमा र जीवनसाथीसँग आत्मीयता बढ्नेछ। विलासिताका वस्तुहरूमा धन खर्चका योग छन्। कुनै पनि कुरा बोल्नुभन्दा अघि शब्द चयनमा विशेष ध्यान दिनुहोला। पढाइको दृष्टिकोणले विद्यार्थीहरूलाई यो महिना सकारात्मक सिद्ध हुनेछ। सामाजिक सञ्जाल र वकालत आदिको क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। नोकरी वा पेशामा अधिनस्थहरूसँग सकारात्मक वातावरण राख्ने प्रयास गर्नुहोला। काममा आलस्य र थकानले गर्दा ध्यान भड्किन सक्छ जस्ले परिणाम ढिलो मिलेको अनुभव हुनेछ। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य देखिएको छ तर अनिन्द्राको समस्या र आँखासम्बन्धी समस्याले मानसिक तनाव महसुस हुनसक्छ सचेत हुनुहोला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। एकादश स्थानमा सूर्यको गोचरले आर्थिक पक्ष मजबुत रहनेछ। रोकिएका पुराना कामहरू पुनः प्रारम्भ हुनेछन्। साझेदारी व्यापारमा लाभ रहनेछ। आत्मविश्वासमा वृद्धिको साथै मान प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नुका साथै प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। दशम स्थानमा मंगलको गोचरले गर्दा चुनौतीपूर्ण जिम्मेवारीहरू सम्पादन गर्नमा सफल भइनेछ। प्राविधिक क्षेत्र र प्रतिस्पर्धाको क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ। पढाइको दृष्टिकोणले यो महिना सकारात्मक रहेको छ। टेक्नोलोजी सम्बन्धी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको लागि परिणाम अनुकूल रहनेछ। प्रेम सम्बन्धलाई लिएर सचेत रहनुहोला। आवेग र अहंकारको कारण सहकर्मीहरूसँग विवादको सम्भावना देखिएको छ सावधान रहनुहोला। स्वास्थ्यले साथ दिनेछ तर मौसमी बिमारी र असंयमित खानपानले समस्या उत्पन्न गराउला सावधान रहनुहोस्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्यको दशम स्थानमा गोचरले गर्दा उद्योग,व्यापारमा आफ्नो अलग पहिचान बनाउन सफल भइनेछ। बुवासँगको सम्बन्धमा सुधार आउनेछ भने बुवाको माध्यमबाट नोकरी वा पेशामा विशेष लाभ हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग छ। प्रशासिनक र राजनीतिक क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बलियो हुनेछ। मंगलको नवम भावमा गोचरले गर्दा भाग्यले साथ दिनेछ तर कर्मशील प्रयासद्वारा प्राप्त हुने संकेत देखिएको छ। आफ्नो विचारमा विनम्र र सहिष्णुता लेर आउनुहोस् जसले गर्दा पारिवारिक सम्बन्ध र आफन्तहरूको मध्य आत्मीयता बढ्नेछ। साहसिक निर्णयले जीवनको दिशा बदल्ने अवसर प्राप्त हुने सम्भावना रहेको छ। शुक्रको एकादश स्थानमा गोचरले गर्दा मित्रता र सम्बन्धहरूमा समझदारी बढ्नेछ। शिक्षाको क्षेत्रमा म्यानेजमेन्ट वा सौन्दर्यगत विषयवस्तुको अध्ययनमा विशेष लाभ प्राप्त हुनेछ। गुप्तरोग सम्बन्धी समस्याले महिनाको अन्त्यतिर सताउन सक्छ। सन्तुलित दिनचर्या बनाएर राख्दा राम्रो फाईदा रहनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। सूर्यको नवम स्थानमा गोचरले गर्दा धार्मिक कर्ममा झुकाव बढ्नेछ। ज्ञान प्राप्तिमा रुचि र कार्यक्षेत्रमा सक्रियता बढ्ने संकेत देखिनेछ। पहिला रोकिएका कामहरू सहज रुपमा अघि बढ्नेछन्। कानुनी प्रक्रिया र प्रतिस्पर्धाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा अनुभवी व्यक्तिबाट उपयोगी मार्गदर्शन प्राप्त हुन सक्छ। पितासँग सम्बन्धित विषयमा ध्यान दिनु राम्रो हुनेछ। धार्मिक र वैचारिक विषयमा अनावश्यक अहंकार र विवादले हानि हुनेछ। आर्थिक विषयलाई विस्तारपूर्वक बुझ्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई उच्च शिक्षामा अनुभवी व्यक्तिहरूको मार्गदर्शन उपयोगी सिद्ध हुनेछ। विदेश यात्राको योजना पनि सफल बनाउन सकिनेछ। सम्बन्धमा सानोसानो कुराले विवाद बढ्न सक्छ त्यसैले संयमता राख्न आवश्यक रहेको छ। नोकरी वा पेशामा गोपनीय विषय उजागर हुनाले मनमा मानसिक तनाव बढ्नेछ। प्रेम सम्बन्ध र वैवाहिक जीवनमा प्रेमी वा जीवनसाथीको कुरालाई बुझ्ने प्रयास गर्नुहोला। महिनाको अन्त्यमा वाहन दुर्घटना र जोखिमको समस्या देखिएको छ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखापर्ला। व्यायाम र सन्तुलित आहारमा ध्यान दिनुहोस्।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्यको गोचरले गर्दा आर्थिक पक्षमा आकस्मिक खर्च वा पुराना आर्थिक दायित्वहरू सक्रिय हुन सक्छन्। कर र ऋण सम्बन्धी विषयमा ध्यान दिनु लाभदायी रहनेछ। जोखिमपूर्ण लगानीबाट सावधान रहनुहोस्। मंगलको सप्तम भावमा गोचरले गर्दा साझेदारीमा नेतृत्व लिने इच्छा बढ्छ र व्यापारिक सम्झौता, सहकार्य र सार्वजनिक व्यवहारमा सक्रियता देखिनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि यो समय परिणाममुखी हुन सक्छ। सार्वजनिक छवि बलियो बन्नेछ। शुक्रको नवम भावमा गोचरले गर्दा शत्रुहरू बढेता पनि शत्रुहरूलाई पराजित पार्न सकिनेछ। विद्यार्थीहरूलाई डिजाइन, परामर्श वा सांस्कृतिक क्षेत्रबाट लाभ मिल्नेछ। यात्राको नयाँ अनुभव प्राप्त हुनेछ। विद्यार्थीहरूको ध्यान पढाइमा भन्दा अन्य विषयवस्तुमा धेरै जानेछ। एकाग्रताको कमी देखिएको छ। प्रेम सम्बन्धमा सुरुवाती आकर्षण बढेपनि महिनाको मध्यपछि गलतफहमीको कारण विवाद वा समस्या उत्पन्न होला। कार्यक्षेत्रमा झुठो आरोप लाग्न सक्ला सावधान रहनुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सप्तम भावमा सूर्यको गोचरले गर्दा सार्वजनिक जीवनमा स्पष्टता र प्रतिष्ठा ल्याउने समय रहेको छ। परामर्श र जनसम्पर्कसँग सम्बन्धित क्षेत्रहरूमा सक्रियता बढ्नेछ। साझेदारीमा आफ्नो स्पष्ट भूमिका वा नेतृत्व ग्रहण गर्ने अवसर प्राप्त हुन सक्छ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनुका साथै खेलकुद सम्बन्धी कार्यमा प्रगति हुनेछ। माहको मध्यदेखि बुधको अष्टम स्थानमा गोचरले गर्दा पुराना कागजात र अभिलेखन वा तथ्यहरूको पुनः परीक्षणबाट महत्वपूर्ण जानकारी प्राप्त गर्ने समय रहेको छ। अनावश्यक चिन्तन र अत्यधिक सोच विचारले मानसिक तनाव झेल्नुपर्ला। मंगलको अष्टम भावमा गोचरले प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय रूपमा वृद्धि हुनेछ। विरोधहरूलाई साहसपूर्वक सामना गर्ने क्षमतामा वृद्धि हुनेछ। कामकाजमा तीव्रता बढ्छ। अनुशासन कायम गर्ने र कठिन जिम्मेवारी उठाउने शक्ति प्राप्त हुनेछ। वैवाहिक जीवनको दृष्टिकोणले समय उत्तम रहेको छ। जीवनसाथीको राम्रो साथ र सहयोग पाइनेछ। प्रेम सम्बन्धमा एक अर्काप्रति आकर्षण र प्रेमको भावना विकसित हुनेछ। सानोतिनो स्वास्थ्यमा समस्या वा घरमा बुजुर्गहरूको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। षष्ठ स्थानमा सूर्य र बुधको गोचरले गर्दा नोकरी,पेशा र राजनीतिक क्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। आत्मविश्वास वा साहसमा वृद्धि हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। प्रशासनिक कामलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय रहेको छ। पारिवारिक वैवाहिक सम्बन्धमा सन्तुलन र प्रतिस्पर्धीहरू माथि विजय प्राप्त गर्न सकिनेछ। शुक्रको सप्तम स्थानमा गोचरले गर्दा पारिवारिक वातावरण समयअनुसार सकारात्मक हुने संकेत देखिनेछ। विवाद तथा द्वन्द सम्झौतामा टुङ्गिनेछ। प्रतिस्पर्धीको दौडमा विजय प्राप्त हुनेछ। आटेको काम हुने समय छ। कृषि उद्योग र व्यवसायमा मनग्य फाइदा हुनेछ। विद्यार्थीहरूको उपलब्धिविहीन काममा समय बित्न सक्छ। शिक्षाको क्षेत्रमा मेहनत अनुरूपको परिणाम प्राप्त हुनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। आफ्नो सामाजिक अभियानमा शुभचिन्तकहरुले पनि साथ दिनेछन्। पाचन र रक्तचाप सम्बन्धी समस्याले सताउनेछ। वाहन चलाउॅंदा कानुनी नियम नीतिको विशेष ध्यान दिनुहोला।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। पञ्चम स्थानमा सूर्य र बुधको गोचरले रचनात्मक क्षेत्रमा कार्यरत व्यक्तिहरू जस्तै लेखक,कलाकार, शिक्षक वक्ता,अनुसन्धानकर्ताहरूका लागि यो समय लाभदायी रहनेछ। आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुनेछ। समाजमा प्रशंसा र लोकप्रियता बढ्नेछ। नेतृत्व क्षमता र अभिव्यक्ति कौशलतामा उल्लेखनीय सुधार आउनेछ। पञ्चम भावमा सूर्यको प्रभावले अहंकार वृद्धी र आफ्नो विचार मात्रै सही ठान्ने प्रवृत्तिले सानो मतभेद निम्त्याउन सक्ला सावधान रहनुहोला त्यसैले विनम्रता र समझदारी आवश्यक हुनेछ। सन्तानको प्रगति, उपलब्धि वा प्रतिष्ठाले खुसिको अनुभूति गराउछ। सन्तानको शिक्षा र स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने समय रहेको छ। सकारात्मक सोच भन्दा नकारात्मक सोच हावि हुने सम्भावना रहन्छ। महिनाको मध्यदेखि बुधको षष्ठ भावमा गोचरले शत्रु र विरोधीहरूलाई बुद्धिमत्ताले परास्त गर्न सकिनेछ। कानुनी वा प्रशासनिक विषयमा पनि सकारात्मक प्रगति हुनेछ। स्वास्थ्यलाई हेर्दा खानपान र दिनचर्यामा सचेत रहनु आवश्यक रहनेछ। हड्डी र नशा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र बुधको युतिले गर्दा घरको वातावरणमा केही परिवर्तन वा सक्रियता बढाउन सक्छ। घरको मर्मत, सजावट र वाहन सम्बन्धी कार्यहरूमा बढि ध्यान केन्द्रित हुनेछ। सरकारी कामकाज वा प्रशासनिक विषयवस्तुहरूमा प्रगति हुनेछ। मातासँग सम्बन्धित विषयवस्तुमा विशेष ध्यान आवश्यक रहेको छ। छरछिमेकी वा आफन्तप्रति कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ संवादद्वारा सुधार गर्नुहोला। महिनाको मध्यदेखि बुधको पञ्चम भावमा गोचरले गर्दा विद्यार्थीहरूको लागि सकारात्मक पक्षको निर्माण हुनेछ। गणितीय विषयवस्तु र अनुसन्धानको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। अध्ययनप्रति प्रतिबद्धता बढ्नेछ। आफ्नो विचार मात्रै सही ठान्ने प्रवृत्तिले पारिवारिक वातावरण प्रभावित हुनेछ। पारिवारिक अस्थिरता चिडचिडपन र घरभित्र अहंकार जन्य मतभेद उत्पन्न हुन सक्छ। जीवनसाथी वा प्रेमीसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ। षष्ठभावमा शुक्रको प्रभावले कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् भने मानसम्मानमा ठेस लाग्न सक्छ। स्वास्थ्यको दृष्टिकोणले खानपान र घाटी दुख्ने समस्या देखापर्नेछ सावधान रहनुहोस्।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र बुधको तृतीय स्थानमा गोचरले गर्दा व्यवहारमा परिपक्वता र कार्यक्षेत्रमा कार्यकुशलताको प्रशंसा हुनेछ। मेहनत वा लगनशीलताले अरुको मन जित्न सकिनेछ। नयाँ काम सुरु गर्नलाई हिम्मत बढ्नेछ। लामो समयदेखि रोकिएका योजनाहरू पुनः सक्रिय हुनेछन्। कठिन परिस्थिति वा प्रतिस्पर्धामा पनि आफूलाई दृढतापूर्वक प्रस्तुत गर्न सकिनेछ। परिश्रमको उचित परिणाम प्राप्त हुने समय रहेको छ। दाजुभाइमा आत्मीयता बढ्नेछ। बुधको चतुर्थ स्थानमा गोचरले गर्दा छोटो दूरीको यात्रामा नयाँ सम्पर्कहरूबाट लाभ लिन सकिनेछ। जग्गा जमिनको बिक्रीबाट विशेष लाभ आर्जन हुनेछ। विद्यार्थीहरूलाई नयाँ सीप सिक्ने, तालिम लिने र प्राविधिक ज्ञानमा विस्तार गर्ने समय रहेको छ। आफ्नो विचार प्रभावशाली रूपमा राख्न सकिनेछ। बोलिमा रुखोपन झल्किनेछ त्यसैले आफूभन्दा ठूलावडाहरूसॅंग बोल्दा शब्द चयनमा ध्यान दिनुहोला। प्रेमीहरूका लागि प्रेम सम्बन्धमा एक अर्काप्रति आकर्षण बढ्नेछ भने वैवाहिक जीवनमा जीवनसाथीसँग राम्रो तालमेल बनाउन सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले टाउको दुख्ने समस्या र आँखा सम्बन्धी समस्या साथै सानाति
Icons made by Roundicons from www.flaticon.com