साताको प्रारम्भमा रचनात्मक कार्यतर्फ मन जानेछ। आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुनेछ। साताको मध्यमा नेतृत्व क्षमतामा र अभिव्यक्ति कौशलमा उल्लेखनीय सुधार देखिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। साताको अन्तिममा आफ्नो विचार मात्र सही ठान्ने प्रवृत्तिले परिवारमध्य सानो मतभेद निम्त्याउन सक्छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र २ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा नयाँ सम्पर्कहरूबाट लाभ लिन सकिनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। साताको मध्यमा मानसिक रूपमा दृढता बढ्नेछ र निर्णय क्षमतामा स्पष्टता आउनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। साताको अन्तिममा भाग्यको साथ मिल्नाले जटिल कार्य पनि समयमा सम्पादन गर्न सकिनेछ। साहसिक निर्णयले जीवनको दिशा बदल्ने अवसर प्राप्त हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ७ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अध्यात्म ज्ञानलाई निखार्ने अवसर रहेको छ। साताको मध्यमा मानसम्मानमा वृद्धि हुनेछ भने जीवनसाथीको सहयोगले व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ। साताको अन्तिममा यात्रा खर्चिलो वा कष्टपूर्ण हुन सक्छ। श्रमको उचित मूल्याङ्कन पाइनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा माननीय जनहरूको सुझावले विशेष कामको सम्पादन हुनेछ। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्ला। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। अनावश्यक काममा अलमलिदा कार्यक्षेत्रमा पछि परिनेछ। साताको अन्तिममा नयाँ वस्त्र आदिले सौन्दर्यमा निखार आउनेछ। सम्मानित कार्यले समाजमा नाम स्थापित हुनेछ। गायत्री मन्त्रको जप गरेर दिन प्रारम्भ गरौँ। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ८ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ अवसरहरू पाउन संघर्ष गर्नुपर्ला॥ नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। साताको मध्यमा कृषि वा पशुपालनमा राम्रो लाभार्जन गर्न सकिएला। महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछ। साताको अन्तिममा मेहनतीहरूको लागि समय उत्साहवर्धक रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ४ र ५ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धर्मकर्ममा प्रवृत्त भइएला। नोकरी वा पेसामा कार्यको उचित मूल्यांकन हुनेछ। साताको मध्यमा प्रशासनिक र औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ। साताको अन्तिममा अभिव्यक्तिको कलामा निखार आउनेछ भने सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौँ। यो साताको शुभ रंग सेतो र पहेलो हो भने शुभ अंक ६ र ७ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा महत्वपूर्ण योजनाहरू सार्वजनिक नगर्नुहोला समस्या निम्तिएला भौतिक संसाधन जुटाउन संघर्ष गर्नुपर्ला। साताको मध्यमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। पुरानो मठ मन्दिर आदिमा भ्रमणको योग रहेको छ। साताको अन्तिममा पिताको सहयोगले महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ। लगनशीलताले शत्रु आफै पछि हट्नेछन्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र निलो हो भने शुभ अंक ७ र ९ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा सेवामूलक कामबाट लाभ आर्जन गर्न सकिएला। आफन्तहरू मध्य चलिरहेको मनमुटाव सुल्झिनेछ। साताको मध्यमा सामाजिक र प्रतिष्ठित कार्यले धेरैको मन लोभ्याउन सकिनेछ। खानपिनमा ध्यान दिनुहोला। साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठालान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक १ र ७ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा नयाँ योजना तथा यात्राको अवसर प्राप्त हुन सक्छ। रोकिएका कामहरूमा गति आउने समय रहेको छ। साताको मध्यतिर आर्थिक पक्ष बलियो बन्नेछ भने परिवारजनबाट सहयोग मिल्नेछ। प्रेम तथा वैवाहिक सम्बन्धमा आत्मीयता बढ्नेछ। साताको अन्तिममा स्वास्थ्यमा सामान्य कमजोरी वा थकान अनुभव हुन सक्छ। खानपिनमा विशेष ध्यान दिनुहोला। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ९ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको सुरुवातमा कार्यक्षेत्रमा जिम्मेवारी बढ्ने संकेत देखिन्छ। मेहनत अनुसारको प्रतिफल पाउन केही समय कुर्नुपर्नेछ। साताको मध्यमा व्यापार तथा वैदेशिक कार्यमा लाभ मिल्नेछ। मित्रजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय छ। साताको अन्त्यतिर अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा सावधानी अपनाउनुहोला। यो साताको शुभ रंग निलो र खैरो हो भने शुभ अंक ५ र ८ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा सामाजिक तथा धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको सम्बन्ध भविष्यका लागि लाभदायी बन्न सक्छ। साताको मध्यतिर कामको चाप बढे पनि सफलता हात पर्नेछ। बोली व्यवहारमा संयमता अपनाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। साताको अन्तिममा यात्राको सम्भावना रहेको छ भने स्वास्थ्यमा सामान्य चिसो वा थकानको समस्या देखिन सक्छ। यो साताको शुभ रंग बैजनी र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको सुरुवातमा मनमा उत्साह र आत्मविश्वास बढ्नेछ। पुराना योजना सफल हुने संकेत देखिन्छ। साताको मध्यमा आर्थिक लाभ तथा शुभ समाचार प्राप्त हुनसक्छ। परिवारमा रमाइलो वातावरण बन्नेछ। विद्यार्थी तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूलाई राम्रो अवसर प्राप्त हुनेछ। साताको अन्तिममा हतारमा निर्णय गर्दा विवाद आउन सक्ने भएकाले सोचविचार गरेर अघि बढ्नुहोला। धार्मिक कार्य तथा गुरुजनको आशीर्वाद लाभदायी रहनेछ। यो साताको शुभ रंग पहेंलो र ग