प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृ पक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ ।
श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता अनुसार श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन ।
“श्रद्धया क्रियतेयत्र तच्छाद्धं परिकीर्तितम् ।”
अर्थात् –पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ ।
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।।
देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ ।
एक छाके बस्नु भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ । दोस्रो दिन अर्थात् श्राद्धको दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ।
हाम्रो समाजमा एकोदिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ । आफ्नो पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकपार्वण श्राद्ध पनि भनिन्छ ।
श्राद्ध गर्दा श्राद्ध गर्ने अधिल्लो दिनमा कपाल खौरने र एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात हबिष्य पनि भनिन्छ – एक छाके भनेको यस दिन अपरान्हपछि मात्र एक छाक खानुपर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात् श्रद्धाका दिनमा शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाइँलाई खाना खुवाएपश्चात दान दक्षिणा गर्ने गरिन्छ ।