साउन महिनाको श्रावण शुक्लपक्षको पन्चमी तिथिलाई नाग पन्चमीको रूपमा मनाइन्छ। हिन्दू धर्ममा नाग पन्चमीको अत्यन्त महत्व रहेको छ। एक मान्यताको अनुसार यो दिन नागका विभिन्न स्वरुपहरुको पुजा गरिन्छ र दूध चढाइन्छ। भगवान शिवलाई सर्प अत्यन्त प्रिय छन्, त्यसैले शिवको प्रिय महिना साउनमा नाग पन्चमी आउँछ।
आधुनिक विज्ञानमा नागको महत्व
नागलाई जीव विज्ञानले पनि पारिस्थितिक प्रणाली सन्तुलित राख्ने एक महत्वपूर्ण जिवको रुपमा लिन्छ । जीव विज्ञानले नाग वा सर्पले वातावरणको विषालु तत्वहरु ग्रहण गर्दछ र वातावरणलाई शुद्धपार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने कुरा प्रमाणित गरेको छ ।
नागपन्चमीको पौराणिक कथा
भविष्य पुराणको अनुसार साउन महिनाको पन्चमी नाग देवतालाई समर्पित छ। पौराणिक मान्यता अनुसार साउन महिनाको शुक्लपक्ष पन्चमीको दिन भगवान श्रीकृष्णले गोकुलवासीहरुलाई कालिया नामक नागको आतंकबाट बचाउँनुभएको थियो। कथाको अनुसार एक दिन कृष्ण आफ्नो मित्रहरुको साथ यमुना तटमा खेलिरहेका थिए। त्यसैबेला उनको बल यमुना नदीमा गएर खस्यो। बल बाहिर निकाल्ने प्रयासमा प्रयासमा कृष्ण नदीमा प्रवेश गरे। त्यसै समय कालियाले कृष्णलाई आक्रमण गर्यो। तर जब कालियालाई थाहा भयो कि श्री कृष्ण साधारण बालक होइनन्, कालियाले उनीसँग क्षमा याचना माग्यो। कृष्णले कालियालाई यो प्रतिज्ञा गराए कि उसले कहिलेपनि गाउँमा रहने व्यक्तिहरुलाई दुख दिनेछैन र त्यहाँबाट टाढा जानेछ, त्यसपछि श्रीकृष्णले कालियालाई छोडदिए । अर्को पनि एउटा पौराणिक कथा रहेको छ, जसको अनुसार यस दिन सृष्टिक रचयिता ब्रह्रमाजीले आफ्नो कृपाबाट शेषनागलाई पृथ्वीको भार धारण गर्न अलंकृत गर्नुभएको थियो। पृथ्वीको भार धारण गरेपछि मानवहरुले नाग देवताको पुजा गर्न आरम्भ गरे, त्यहिबाट यो परम्परा चलिरहेको छ ।
नागपन्चमीको पुजा र सर्पदोषबाट मुक्ति
मान्यताहरुको अनुसार शुक्लपक्षको नागपन्चमीको दिन व्रत पनि राखिन्छ, व्रतको बारेमा गरूण पुराणमा लेखिएको छ कि व्रत राख्ने वाला व्यक्तिले माटो वा पिठोको सर्प बनाएर त्यसलाई अलग-अलग रंगहरुको सजाउनु पर्छ, सजाएपछि फुल, खीर, दूध, दीप आदिले सर्पको पुजा गर्नुपर्छ। पुजा गरिसकेपछि भुटेको चना र जौ लाई प्रसादको रूपमा ग्रहण गर्नुपर्छ। ज्योतिषाचार्यहरुको मान्यता छ कि जुन व्यक्तिको कुण्डलीमा कालसर्प दोष छ, ती व्यक्तिले यस दिन नाग देवताको पुजा गर्नुपर्छ। यो दिन नागको पुजा गर्नाले कुण्डलीमा रहेको कालसर्प दोष निवारण हुने विश्वास गरिन्छ।
Does your site have a contact page? I’m having problems locating it but, I’d like to send you an email. I’ve got some recommendations for your blog you might be interested in hearing. Either way, great website and I look forward to seeing it develop over time.